Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पहिले प्रचण्डलाई जिताउन भोट माग्दै हिँडेका चितवनका बाम बुद्धिजिवी रिमाल भन्छन् : अब प्रचण्डलाई धुलो चटाउनुपर्छ

पहिले प्रचण्डलाई जिताउन भोट माग्दै हिँडेका चितवनका बाम बुद्धिजिवी रिमाल भन्छन् : अब प्रचण्डलाई धुलो चटाउनुपर्छ

images

इच्छाकामना न्युज

१७, फाल्गुण २०७८
पहिले प्रचण्डलाई जिताउन भोट माग्दै हिँडेका चितवनका बाम बुद्धिजिवी रिमाल भन्छन् : अब प्रचण्डलाई धुलो चटाउनुपर्छ
images

चितवन, १७ फागुन । चितवनका बाम बुद्धिजिवी प्रेम रिमालले आगामी निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्ड र प्रचण्डका तर्फबाट उम्मेद्वार बन्ने जो कोसैलाई मतदान गर्नु भनेको जन्मभूमिमाथि भएको बलात्कारमा सहभागी हुनु सरह भएको बताएका छन् ।

माओवादीको समर्थनमा संसदबाट एमसीसी अनुमोद भएपछि रिमालले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘प्रचण्डभन्दा त लिङ्देल धेरै ठीक राष्ट्रियताको सवालमा । अमेरिकाले मार्छ कि भनेर आत्महत्या गर्ने हो त ? हजारौं जनताका छोराछोरी तिम्रो आह्वानमा मारिन हुने तिमीहरूलाई मृत्यु त्यति भयानक ? अझ गोञ्जालोको फोटो राख्छौ तिम्रो खोरमा ! छि :’

‘मैले पनि अघिल्लो चुनावमा प्रचण्डलाई मत मागेर हिँडेको थिएँ । त्यो बेठीक थिएन, तर अहिले आएर प्रचण्डबाट जुन गद्दारी भयो, म क्षमा चाहन्छु । अब यस्ता राष्ट्रघातीहरूलाई धुलो चटाउनु पर्छ’ उनले लेखेका छन् ।

उनले थपेका छन् ‘सायद यिनी अब चुनावमा नउठ्लान् पनि ! गठबन्धनको बैशाखी टेकेर आउलान् ठीकै छ ।’

रिमाल केही महिना अघिसम्म प्रचण्डको प्रसंशक र समर्थक थिए । रिमालले माओवादी केन्द्र परित्याग घोषणा गरेपछि प्रचण्डको चर्काे आलोचना गर्दै आएका छन् । रिमालले यस अघिको प्रतिनिधि सभा निर्वाचनमा चितवनका क्षेत्र नम्बर ३ मा प्रचण्ड जिताउ अभियानको नेतृत्व गरेर चुनाव प्रचारप्रसारमा समेत खटिएका थिए ।

images
प्रकाशित मिति :फाल्गुण १७, २०७८ मंगलवार - १३:१०:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology