Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मन्त्रीलाई हराउँदै माओवादी केन्द्र सुदूरपश्चिम अध्यक्ष बने उत्सव

मन्त्रीलाई हराउँदै माओवादी केन्द्र सुदूरपश्चिम अध्यक्ष बने उत्सव

images

इच्छाकामना न्युज

१७, फाल्गुण २०७८
मन्त्रीलाई हराउँदै माओवादी केन्द्र सुदूरपश्चिम अध्यक्ष बने उत्सव
images

धनगढी, १७ फागुन । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन् । कैलालीका उत्सवले सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहेका दार्चुलाका मानबहादुर धामी 'सन्तोष'लाई हराएका हुन् ।

चाैधरी राष्ट्रियसभा सदस्य पनि हुन् ।

कुल २१० मत खसेकाेमा चौधरी ११४ मत र धामीले ९३ मत पाएका हुन् ।

उपाध्यक्षमा अक्कल रावल, मानसिंह माल र रणबहादुर कुँवर  विजयी भएका छन् । त्यस्तै सचिवमा जनक बुढा निर्वाचित भएका छन् भने  सहसचिव नन्दबहादुर साउँद 'राजेन्द्र'  रामबहादुर देवकर र अन्जिता श्रेष्ठ चयन भए ।

कोषाध्यक्षमा कमलकुमारी शाह (शाही)  विजयी भएकी छन् ।

माओवादी केन्द्र सुदूरपश्चिमले अधिवेशन उद्घाटनकाे तीन महिनापछि निर्वाचनबाट नयाँ नेतृत्व पाएकाे हाे ।

images
प्रकाशित मिति :फाल्गुण १७, २०७८ मंगलवार - ०८:३३:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology