Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

संसदबाट एमसीसी अनुमोदन गरेको विरोधमा आज नेपाल बन्द आब्हान

संसदबाट एमसीसी अनुमोदन गरेको विरोधमा आज नेपाल बन्द आब्हान

images

इच्छाकामना न्युज

१६, फाल्गुण २०७८
संसदबाट एमसीसी अनुमोदन गरेको विरोधमा आज नेपाल बन्द आब्हान
images

चितवन, १६ फागुन । नेपालको संसदबाट एमसीसी पास भएको विरोधमा आज ६ कम्युनिस्ट पार्टी र दुई वटा मोर्चाले नेपाल बन्द आब्हान गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत, विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले रातारात एमसीसी सम्झौता पारित गरेको भन्दै त्यसविरुद्ध जनसंघर्षको कार्यक्रम घोषणा गरेको हो ।

उनिहरुले राजनैतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले एमसीसी पारित गर्ने मुर्खता गरिरहेको भन्दै नेपाल बन्दको घोषणा गरेको जनाएका छन् । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज घननाथ सापकोटा ‘विकास’ले कालो दिनको रुपमा आज नेपाल बन्द घोषणा गरिएको जानकारी दिए ।

‘नेपाल आमालाई बेच्ने काम भएको छ, भोलि एक दिन भएपनि आम जनतालाई दुःख कष्ट सही बन्दको समर्थन गरिदिन आग्रह गर्दछु’–इन्चार्ज सापकोटाले भने ।

images
प्रकाशित मिति :फाल्गुण १६, २०७८ सोमवार - ०७:४१:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology