Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बनेपाको आशापुरीमा सुख्खा पहिरोमा पुरिए पाँचवटा सवारी साधन

बनेपाको आशापुरीमा सुख्खा पहिरोमा पुरिए पाँचवटा सवारी साधन

images

इच्छाकामना न्युज

१५, फाल्गुण २०७८
बनेपाको आशापुरीमा सुख्खा पहिरोमा पुरिए पाँचवटा सवारी साधन
images

काभ्रेपलाञ्चोक, १५ फागुन । बनेपा नगरपालिका–१४ आशापुरीस्थित आशापुरी रोडा ढुंगा सप्लायर्समा ढुंगा लोड गर्ने क्रममा आइतबार दिउँसो सुख्खा पहिरो जाँदा पाँचवटा सवारी साधन पुरिएका छन् । 

पुरीएका सवारी साधनमा २ वटा स्काईभेटर, ३ वटा टिपर र एउटा निशान गाडी छन् ।  

पहिरोमा पुरिएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक विपद् व्यवस्थापन टोली र प्रहरी चौकी साँगाबाट खटिएको प्रहरीले स्काईभेटरका चालक र सहचालकलाई उद्धार गरी उपचारको लागि मध्यपुर ठिमी अस्पताल भक्तपुर पठाएको छ । 

पहिरोमा पुरिएका थप १ जनाको प्रहरीले उद्धार गर्ने पहल गरिरहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०७८ आइतवार - १९:४३:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology