Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार

रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार

images

इच्छाकामना न्युज

१५, फाल्गुण २०७८
रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार
images

पोखरा, १५ फागुन । नेकपा एमालेका तत्कालीन नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ । रवीन्द्र स्मृति प्रतिष्ठानले विकासका क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान स्वरुप दिने गरी पुरस्कार स्थापना गर्न लागेको हो ।

शनिबार  आयाेजित कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तथा रवीन्द्रपत्नी विद्या भट्टराईले २५ लाखको अक्षयकोष राखेर पुरस्कार स्थापना गर्न लागेकाे बताइन । 

शनिबारनै रवीन्द्र अधिकारी र मिडिया विषयक अन्तरक्रिया समेत भएको थियाे । १५ फागुन २०७५ मा अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनामा परेकाे थियो ।

पुरस्कार हरेक वर्ष २२ वैशाखमा अधिकारीको जन्मदिनमा वितरण गरिने भट्टराईले बताइन् । 

शनिबारको कार्यक्रममा प्रतिनिधिसभा सांसद समेत रहेकी भट्टराईले अधिकारीमाथि लागेको भ्रष्टाचार आरोप प्रमाणीत गर्न चुनौती दिएकी छिन् । नेपाल वायु सेवा निगमले एयरबसको दुई वटा ‘वाइडबडी’ जहाज खरिद गरेका बेला चार अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको संसदीय उपसमितिको रिपोर्ट छ । त्यसमा अधिकारी मन्त्री हुँदा दुई पटकसम्म रकम भुक्तानी दिएकोले उनलाई पनि भ्रष्टाचारसँग जोडेर प्रचार गरिएको छ ।

भट्टराईले वाईडबडी खरिद प्रकरणको छानबिन र अनुसन्धान गर्न आग्रह गर्दै अधिकारी दोषी देखिए त्यसको सजाय भोग्न आफू तयार रहेको बताएकी हुन् ।

 

images
प्रकाशित मिति :फाल्गुण १५, २०७८ आइतवार - १९:२६:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology