काठमाण्डौ, १५ फागुन । विभिन्न ६ दल र दुई मोर्चाले एमसीसी कुनै पनि हातलमा खारेज गराउने निर्णय गरेको छ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी मसाल, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र नेपाल कम्युनिष्ट पार्टीसँगै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले कुनै पनि हालतमा एमसीसी खारेज गराउने बताएका हुन् ।
उनीहरूले आज एमसीसीको विरोधमा बानेश्वरमा प्रदर्शन गर्ने जनाएका छन्