देवघाट, १४ फागुन । नेकपा एमालेको भातृसंस्था युवा संद्द नेपालको वडा कमिटि देवघाट ५ को अध्यक्षमा शेर बहादुर गुरुङ चयन भएको छ। संघको आज शनिबार सम्पन्न कार्यक्रमले अध्यक्षमा गुरुङलाई चयन गरेको हो।
सो कार्यक्रमले गुरूङको अध्यक्षतामा २३ सदस्यीय युवा संघ नेपाल देवघाट ५ वडा कमिटि सर्वसम्मत चयन गरेको छ ।
सोही कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल तनहुँ जिल्लाका अध्यक्ष मदन तिमिल्सिनाले राष्ट्रिय युवा संघको स्थापना भएको नै युवापुस्ताहरूको हकहित र समाजमा केही परिवर्तन गराउनको लागि नै स्थापना भएको बताए । साथै उनले अब आउने स्थानिय चुनाब पनि नजिकिँदै गरेको हुँदा युवाहरू पनि एकरूपता भई अघि बढ्नुपर्ने बताए। स्थानीय चुनावमा देवघाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगाएत पुरै एमालेको जित हुने समेत दाबी गरे।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य बाबुराम अधिकारीले देश परिवर्तन गर्न एक मात्रै पार्टी नेकपा एमाले हो भन्दै देशको सबैभन्दा ठुलो पार्टी एमालेले देश परिवर्तनको लागि पहिल्यैदेखि अहोरात्र खटिएको बताए।
सो कार्यक्रममा नेकपा एमाले देवघाट गाउँपालिकाका स्तरीय अध्यक्ष केशवचन्द्र न्यौपानेले अहिलेको यो समय भनेको मुठ्ठी खाएर मुरी थन्क्याउने बेला भएको हुदाँ अलि गम्भीरताका पुर्वक अघि बढ्नुपर्ने बताएका थिए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य शिवराज पौडेल, ठाकुर कुमारी काफ्ले नेकपा एमाले वडा नम्बर ५ का अध्यक्ष गणेश थापा, अखिल नेपाल महिला संघ देवघाटका अध्यक्ष सावित्री न्यौपाने, राष्ट्रिय युवा संघ नेपाल पुर्व केन्द्रीय सदस्य सान श्रेष्ठ, उद्योग वाणिज्य संघ देवघाटका अध्यक्ष रोसन श्रेष्ठ,देवघाट अनेरास्ववियुका इन्चार्ज डा। सम्राट अधिकारी र संयोजक समिर गुरूङ लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल देवघाटका संयोजक सुकु गुरूङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।