Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेलको स्मृतिमा अक्षयकोष बनाउने अध्यक्ष प्रचण्डको घोषणा

जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेलको स्मृतिमा अक्षयकोष बनाउने अध्यक्ष प्रचण्डको घोषणा

इच्छाकामना न्युज

१४, फाल्गुण २०७८
जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेलको स्मृतिमा अक्षयकोष बनाउने अध्यक्ष प्रचण्डको घोषणा

गोरखा, १४ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा अक्षयकोष बनाउने घोषणा गरेका छन् ।

images

रम्तेलको स्मृतिमा आज आयोजित एक कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले पार्टीले निश्चित रकम राखेर अक्षय कोष बनाउने घोषणा गरेका हुन् ।

तत्कालीन माओवादीले जनयुद्ध शुरु गरेपछि वि.सं.२०५२ साल फागुन १४ गते गोरखाको सुलिकोटमा स्थानीय सेते रम्तेलका १४ वर्षीय छोरा दिलबहादुर रम्तेलको सुरक्षाकर्मीले हत्या गरेका थिए । रम्तेललाई माओवादीले सशस्त्र जनयुद्धको पहिलो शहीद मान्दै आएको छ ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बदलिंदो राजनीतिक परिस्थितिमा पछि हटेको जस्तो देखिएको बताउँदै युद्ध नरोकिएको बताए । उनले भने, ‘युद्ध र राजनीति भनेको माओत्सेतुङले भनेजस्तै हो । युद्ध भनेको रक्तपातपूर्ण राजनीति हो । राजनीति भनेको रक्तपातहीन युद्ध हो । अहिले हामी रक्तपातहीन युद्धमा छौं । युद्ध सकिएको छैन । युद्ध रोकिएको छैन । खालि हामी हिंसामा छैनौं हामी । बन्दुक लिएका छैनौं हामीले । युद्ध त जारी छ ।’

images
प्रकाशित मिति :फाल्गुण १४, २०७८ शनिवार - २०:५२:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology