Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनमा आजदेखि कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी सुरु हुँदै

चितवनमा आजदेखि कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी सुरु हुँदै

images

इच्छाकामना न्युज

१३, फाल्गुण २०७८
चितवनमा आजदेखि कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी सुरु हुँदै
images

चितवन, १३ फागुन । चितवनमा आजदेखि कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनीको सुरु हुँदैछ । आज (शुक्रबार) देखि तीन दिनसम्म चल्ने बृहत अन्तर्राष्ट्रिय प्रर्दशनीको उद्घाटन बागमती प्रदेश कृषिमन्त्रि बसुन्धरा हुमागाईले गर्ने छ्न् ।

कृषि क्षेत्रको विकासका लागि मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड एभेन्ट्सको संयुक्त आयोजनामा प्रर्दशनी हुने भएको हो ।

प्रदर्शनी चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी परिसरमा आज फागुन १३ देखि १५ गते सम्म तीन दिन चल्नेछ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय ५० भन्दा बढी कृषि प्रविधी सम्बन्धी स्टलहरु रहेका छ्न् ।

 प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगले उत्पादन वृद्धि भई मुलुकलाई आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास मिडिया स्पेसका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिए ।

 प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने स-साना औजार, डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठू-ठूला उपकरणहरु प्रदर्शन गरिने उनले बताए ।

त्यस्तै प्रदर्शनी परिसरमा हुने प्रदर्शनीमा होटल, रेष्टुँरामा आवश्यक मेसिन प्रदर्शनीका लागि छुट्टै परिसरको व्यवस्था समेत गरिएको छ । सो परिसरमा फुड र वेवरेजका ५० वटा स्टल रहेका छ्न् ।

ति स्टलहरुमा ५० वटा कम्पनीले होटल तथा रेष्टुँरामा फुड र वेवरेजका लागि प्रयोग हुने मेसिनहरु प्रदर्शनी गर्ने भट्टराईले जानकारी दिए । ति कम्पनीहरुले नयाँ नयाँ मेसिन बारे परामर्श समेत दिने भट्टराईले बताए ।

प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगले उत्पादन वृद्धि भई मुलुकलाई आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको उनले बताए ।

images
प्रकाशित मिति :फाल्गुण १३, २०७८ शुक्रवार - ०८:४६:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology