Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

राष्ट्रघाती एमसीसी खारेज गर भन्दै नेपालका लागि नेपाली पार्टीद्वारा देवघाटमा विरोध र्‍याली

राष्ट्रघाती एमसीसी खारेज गर भन्दै नेपालका लागि नेपाली पार्टीद्वारा देवघाटमा विरोध र्‍याली

करिश्मा गुरुङ

११, फाल्गुण २०७८
राष्ट्रघाती एमसीसी खारेज गर भन्दै नेपालका लागि नेपाली पार्टीद्वारा देवघाटमा विरोध र्‍याली

देवघाट, ११ फागुन । तनहुँको देवघाट गाउँपालिकामा पनि राष्ट्रघाती एमसीसी खारेज गर भन्दै विरोध र्‍यालीको आयोजना भएको छ। नेपालका लागि नेपाली पार्टी चितवनको आयोजनामा आज देवघाटमा ‘एमसीसी ल्याउन पाइदैन अन्धकार भविष्य चाहिदैन’ भन्ने मुल नाराका साथ र्‍यालीको आयोजना भएको हो। सो विरोध र्‍याली देवघाट ५ क्यूदी स्थित रहेको सभाहल (सिटी हल)बाट सुरू गरिएको थियो।  

images

यो समय नेपाली जनताका लागि निकै महत्त्वपूर्ण समय रहेकोले आफ्नो देश बचाँउनको लागि हरेक चिज छोडेर एमसीसी बिरूद्वमा सडकामा उत्रिनुपर्ने भएकोले आफ्नो देशका लागि नेपालका लागि नेपाली पार्टीले विरोध र्‍यालीको आयोजना गरेको पार्टीका केन्द्रीय सदस्य र चितवन जिल्ला संयोजक मिनवहादुर बानियाँले बताए। उनले एमसीसी पास गर्नु भनेको यो सुन्दर देशलाई अरूको हातमा राख्नु हो त्यसले हामीले पास हुन दिन हुदैन भन्दै सम्पूर्ण नेपाली जनताहरूलाई बिरोध र्‍यालीमा उत्रन आग्रह गरे । 

274055770_469909828131416_1795308351991198945_n.jpg

एमसीसी बिरूद्वमा ३० जनाको हाराहारी देवघाटका जनताहरू उत्रिएका थिए । उनीहरूले यो देवघाटको सुरूवात मात्रै भएको बताए।

यस्तै यस समयमा जनताले देशको लागि ठुलो आवाज उठाउन पर्ने बताउदैँ यदि एमसीसी पास भैहाल्यो भने स्वतन्त्र परराष्ट नितिको उल्लघंनन हुने र स्वतन्त्र स्वाभिमानको अन्त्य हुने, हाम्रो देशको कानुन एमसीसीको भन्दा तल हुने भएकोले एमसीसी देश र जनताको लागि अहितमा छ भनेर विभिन्न कालखण्डमा ५र६ पटक बुलन्द आवाज निकालिसकेको उनले बताए । यहि फाल्गुन १७ गतेबाट काठमाडौं केन्द्रत विशाल रूपमा नागरिक आन्दोलनको आयोजना गरिएको समेत जानकारी गराए । 

नेपालका लागि नेपाली पार्टीका सह–संयोजक महादेव प्रसाद विशुरालले १र२ वटा बुदाँहरू देशको हितमा भएता पनि ५र६ वटा बुदाँहरूले राष्ट्रको लागि निकै घातक बन्ने भएकोले यसको खारेज हुनै पर्ने बताए। उनले देशका अग्रज नेताहरूले अनुदान भनिएता पनि यसले राष्टलाई ठुलो घात पुर्‍याउनेछ भन्दै एमसीसी नेपालको हितमा नभएकोले खारेज गर्नुपर्ने भन्दै बिरोध र्‍याली गरेको बताए ।

सोही बिरोध र्‍याली समारोहमा सोही पार्टीका सचिव चेतनाथ कडेलले पार्टीले सबैभन्दा पहिला देशव्यापी रूपमा बिरोध गरेकोे बताए । उनले एमसीसी अहितकारी, हानिकारक, विनाशकारी रहेको छ भन्दै सम्पूर्णलाई यो विषयमा आवाज उठाउन र देशव्यापी रूपमा सर्वसाधारणलाई जानकारी गराउन टोलटोलमा समेत एमसीसीको बारेका जानकारी गराउन देवघाटमा पनि बिरोध र्‍याली आयोजना गरिएको बताए । 

सो एमसीसी बिरोध कार्यक्रम देवघाटका स्थानिय वासिन्दा तुलवहादर विकको सभापतित्वमा सम्पन्न भएको थियोे ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०७८ बुधवार - २२:२५:२५ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology