Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एमसीसी पेस गर्न सहमति जनाउने यी हुन् तत्कालीन माओवादीका मन्त्रीहरू

एमसीसी पेस गर्न सहमति जनाउने यी हुन् तत्कालीन माओवादीका मन्त्रीहरू

images

इच्छाकामना न्युज

८, फाल्गुण २०७८
एमसीसी पेस गर्न सहमति जनाउने यी हुन् तत्कालीन माओवादीका मन्त्रीहरू
images

काठमाडौं, ८ फागुन । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) प्रतिनिधिसभामा पेस भएको छ । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको प्रतिनिधिसभा बैठकमा पेस गरेका हुन् । 

संसदमा पेस गर्ने विषयमा सत्तारुढ दल माओवादी केन्द्रको असहमति रह्यो । एमसीसी संशोधनविना सदनमा पेस गर्न नहुने माओवादी अडान आफ्नै निर्णयविपरीत रहेको पुष्टि भएको छ । 

२५ माघ २०७५ मा बसेको मन्त्रिपरिषद् बैठक स्वीकृतिअनुसार तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले ३० असार २०७६ मा संसदमा दर्ता गरेका थिए । तर, अहिले प्रतिनिधिसभा बैठकमा पेस गर्ने बेलामाा विरोध जनाएका हुन् । 

प्रतिनिधिसभामा एमसीसी पेस गर्न स्वीकृत दिने मन्त्रिपरिषद्ले निर्णय गर्दा माओवादीका ६ जना मन्त्रीले सहमति जनाएका थिए । सो निर्णय गरेको मन्त्रिपरिषद् बैठकमा माओवादीबाट तत्कालीन गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन, उद्योगमन्त्री मातृका यादव, वनमन्त्री शक्तिबहादुर बस्नेत र खानेपानीमन्त्री वीना मगर सहभागी थिइन् । तर, तत्कालीन गृहमन्त्री रामबहादुर थापा अहिले एमालेमा छन् । उनी एमसीसीबारे केही बोलेका छैनन् । तर, बाँकी नेताहरू अहिले पनि माओवादी छन् । उनीहरूले एमसीसी सदनमा पेस गर्ने विषयमा विरोध जनाए । 

एमसीसी सदनमा पेस गर्न स्वीकृति दिने निर्णय गर्दा एमालेबाट मन्त्रिपरिषद् बैठकमा केपी ओली (प्रधानमन्त्री), ईश्वर पोखरेल (उपप्रधान तथा रक्षामन्त्री) गोकर्ण विष्ट (भौतिक पूर्वाधार तथा यातायात मन्त्री), थममाया थापा (महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री), युवराज खतिवडा (अर्थमन्त्री), मोहम्मद इश्तियाक राई (सहरी विकासमन्त्री), रवीन्द्र अधिकारी (संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री) र पद्माकुमारी अर्याल (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री) सहभागी थिए । तर, अहिले एमालेबाट भीम रावलले विरोध जनाए पनि अन्य नेताबाट कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । 

सरकारले सदनमा पेस गरिसकेपछि आफ्नो धारणा बनाउन एमालेले बताउँदै आएको छ ।  

images
प्रकाशित मिति :फाल्गुण ८, २०७८ आइतवार - १८:३३:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology