Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सहरमा प्याड बनाउन सिकाउँदै गाउँकी किशोरी

सहरमा प्याड बनाउन सिकाउँदै गाउँकी किशोरी

images

न्युज कारखाना

८, फाल्गुण २०७८
सहरमा प्याड बनाउन सिकाउँदै गाउँकी किशोरी
images

खोटाङ, ८ फागुन । वर्ष दिनअघि खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्ककी १७ वर्षीया किशोरी कविता वनले स्यानेटरी प्याड बनाउने तालिम लिइन् । तालिममा सिकेको सिपलाई उनले आफुमा मात्र सिमित गरिनन् । कविताले गाउँका किशोरी तथा महिलालाई पुन: प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड बनाउन र प्रयोग गर्न सिकाइन् । प्याड बनाउन सिकाउने क्रममा मिलेको हौसलाले उनमा थप जोस र जाँगर पलाएकाे बताइन् ।  

त्रिभुवन मावि ऐसेलुखर्कबाट कक्षा १२ उत्तिर्ण गरेपछि गत मंसिरमा काठमाडाैं पुगेकी कविताले काठमाडाैंमा पनि पुन: प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड बनाउने प्रशिक्षकको जिम्मेवारी पूरा गर्न छाडेकी छैनन् । लियो क्लब अफ काठमाडाैं आनन्दभैरवले शनिबार आयोजना पुन: प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड निर्माणसम्बन्धी तालिममा कवितालाई नै प्रशिक्षकका रुपमा निम्त्याइयाे । सिद्ध कलेज, काठमाडाैंमा आयोजना गरिएको तालिममा कविताबाट एक दर्जन किशोरकिशोरीले स्यानेटरी प्याड बनाउने सिप सिकेका छन् ।

training-for-sanitary-pad-ktm-photo_khotang1.jpg.jpg

कविताले तालिममा सहभागी किशोरकिशोरीलाई घरेलु सामग्री प्रयोग गरेर स्यानेटरी प्याड बनाउने र प्रयोग गर्ने विधि सिकाएकी छिन् । उनले सुति, कटन जस्ता नरम कपडाबाट सियो र धागोले सिलाएरै प्याड तयार पार्न सिकाउने गरेकी छिन् । घरमै तयार पारिएको प्याड एक वर्षसम्म पुन: प्रयोग गर्न सकिने भएकाले महिलाका लागि उपयोग हुने कविता बताउँछिन् । स्कुल अफ डेमोक्रेसी शाखा खोटाङको सदस्य कविता हाल जिपी मेमोरियलमा कलेज, काठमाडाैंमा स्तानक पहिलो वर्षमा अध्ययनरत छिन् । 

कविताले ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित शिशु माविमा कक्षा ७ देखि कक्षा १० मा अध्ययनरत ३७ छात्रालाई सहभागी गराएर गत १२ वैसाखमा स्यानेटरी प्याड बनाउने तालिम सञ्चालन गरेकी थिइन् । त्यसअघि पहिलो चरणमा आफ्नै गाउँ रैकर टोलका दिदि, आमादेखि हजुरआमा उमेर समुहका २५ महिलालाई र दोश्रो चरणमा ५० जना किशोरीलाई प्याड बनाउने तालिम दिइसकेकी छन् ।

training-for-sanitary-pad-kabita-photo_khotang.jpg.jpg

images
प्रकाशित मिति :फाल्गुण ८, २०७८ आइतवार - १७:५६:०१ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology