Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

६ राजनीतिक दलले आज पनि नयाँबानेश्वरमा प्रदर्शन गर्ने 

६ राजनीतिक दलले आज पनि नयाँबानेश्वरमा प्रदर्शन गर्ने 

images

इच्छाकामना न्युज

८, फाल्गुण २०७८
६ राजनीतिक दलले आज पनि नयाँबानेश्वरमा प्रदर्शन गर्ने 
images

काठमाण्डौ, ८ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहितका ६ कम्युनिष्ट पार्टीले एमसीसी परियोजनाको विरोध गर्दै आज संसद भवन घेराउगर्ने भएका छन् ।

हिजो बसेको सबै दलको बैठकले यस्तो निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ । एमसीसी जुनसुकै मूल्यमा खारेज हुनुपर्ने भन्दै उनीहरूले आज संसद भवन र देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय गरेका छन् ।

काठमाडौँको माइतीघर मण्डलाबाट विरोध प्रदर्शनसहित नयाँबानेश्वरस्थित संसद भवन घेराउ गर्ने र अन्य सबै जिल्लामा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने विज्ञप्तिमा उल्लेख छ ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०७८ आइतवार - ०९:०३:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology