Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

चितवनको आँपटारीमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

चितवनको आँपटारीमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

images

इच्छाकामना न्युज

७, फाल्गुण २०७८
चितवनको आँपटारीमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
images

चितवन, ७ फागुन । चितवनको आँपटारीमा ६ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नं. २ आँपटारीबाट स्थानीय अन्दाजी ३७ वर्षिय पुरुषलाई प्रहरीले हिजो शनिबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले एक जनालाई नियन्त्रणमा लिएको स्वीकार गर्दै घटनाबारे विस्तृत विवरण दिन अस्वीकार गर्नुभयो ।

उहाँले भन्नुभयो “उद्योग हो कि दुरुत्साहन हो कि, बलात्कार हो भन्ने बारे बुझ्दै छौं, अहिले नै यही हो भन्न मिलेन ।” उहाँले नियन्त्रणमा लिएको व्यक्तिको विषयमा विस्तुत विवरण समेत आफूलाई जानकारी नभएको बताउनुभयो । पीडित बालिकाको परिवारले उक्त पुरुषले पटक पटक यौन दुव्र्यवहार गर्ने गरेको बताएका छन् ।

 

images
प्रकाशित मिति :फाल्गुण ७, २०७८ शनिवार - २१:२१:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology