Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

भरतपुरको एक रेष्टुरेन्टबाट लाखौ रुपैयाँ सहित ५ जना जुवाडे पक्राउ

भरतपुरको एक रेष्टुरेन्टबाट लाखौ रुपैयाँ सहित ५ जना जुवाडे पक्राउ

images

इच्छाकामना न्युज

६, फाल्गुण २०७८
भरतपुरको एक रेष्टुरेन्टबाट लाखौ रुपैयाँ सहित ५ जना जुवाडे पक्राउ
images

चितवन, ६ फागुन । चितवनको भरतपुरबाट नगदसहित पाँच जना जुवाडे पक्राउ परेका छन् । भरतपुर महानगरपालिका १० स्थित साकुरा रेष्टुरेन्टबाट उनिहरु पक्राउ परेका हुन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले स्याङजा घर भई भरतपुर १० बस्ने ३६ बर्षिय प्रकाश रानाभाट,रौतहट घर भई भरतपुर ७ बस्ने ३० बर्षिय सुवास महतो,भरतपुर ४ बस्ने ५६ बर्षिय टुङराज लामिछाने, भरतपुर १० बस्ने ४८ बर्षिय सरोज खनाल र भरतपुर १२ बस्ने ४२ बर्षिय राजकुमार श्रेष्ठलाई जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

उनिहरुको साथबाट नगद १ लाख २ हजार ३ सय ७९ रुपैंंया बरामद गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

images
प्रकाशित मिति :फाल्गुण ६, २०७८ शुक्रवार - २१:१८:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology