Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै माओवादी केन्द्र इच्छाकामनाले खोल्यो पार्टी कार्यालय

स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै माओवादी केन्द्र इच्छाकामनाले खोल्यो पार्टी कार्यालय

images

इच्छाकामना न्युज

६, फाल्गुण २०७८
स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै माओवादी केन्द्र इच्छाकामनाले खोल्यो पार्टी कार्यालय
images

कुरिनटार,६ फागुन । नेकपा माओवादी केन्द्र इच्छाकामनाको पार्टी कार्याल उद्घाटन गरिएको छ । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले कुरिनटारमा एक कार्यक्रमकाबिच कार्यालयको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य प्रताप गुरुङ,सावित्री सिलवाल लगायतको आतिथ्य रहेका थिए ।

साथै उक्त कार्यक्रममा जसपा नेता प्रकाश पोखरेल नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । उहाँलाई मन्त्री दाहालले अविर र खदा ओढाएर पार्टीमा स्वागत गर्नुभएको हो । पूर्व माओवादी केन्द्रकै नेता रहेका पोखरेललाई उचित जिम्मेवारी दिइने माओवादी केन्द्रले जनाएको छ ।

स्थानीय तहको निर्वाचनको मिति नजिकै गर्दा माओवादी केन्द्र छाडेर अन्य पार्टीमा लागेका नेता तथा कार्यकर्ताहरु फर्किने क्रम बढेको छ । यस अघि केही दिन अघि मुग्लिनका रामशरण सिलवाल पनि माओवादी केन्द्रमै फर्किसक्नुभएको छ ।

नेकपा माओवादी केन्द्र इच्छाकामनाका अध्यक्ष हरि थापाको अध्यक्षतामा पार्टी कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।

images
प्रकाशित मिति :फाल्गुण ६, २०७८ शुक्रवार - २१:१०:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology