Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

माओवादी केन्द्रीय समिति बैठक अब २० फागुनमा बस्ने

माओवादी केन्द्रीय समिति बैठक अब २० फागुनमा बस्ने

इच्छाकामना न्युज

६, फाल्गुण २०७८
माओवादी केन्द्रीय समिति बैठक अब २० फागुनमा बस्ने

काठमाडौं, ६ फागुन । माओवादी केन्द्रको ८ र ९ फागुनमा बोलाइएको केन्द्रीय समिति बैठक ११ दिन पछि सरेको छ । वर्तमान राजनीतिक गतिविधि र पार्टी नेतृत्वको कारण देखाउँदै माओवादी केन्द्रीय समिति बैठक पछि सारिएको हो ।

images

यसअघि २८ र २९ माघमा डाकिएको बैठक १० दिनपछि सारिएको थियो । ‘वर्तमान राजनीतिक उतारचढाव र नेतृत्वको कार्यव्यस्तताको कारण फागुन ८ र ९ गते आयोजना गरिएको पार्टी केन्द्रीय समितिको बैठक स्थगन गरी यही फागुन २० गते निर्धारण गरिएको छ,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए ।

माओवादी केन्द्रीय समिति बैठक बस्न नसक्दा पदाधिकारी चयन हुन सकेका छैनन् । पदाधिकारीका साथै स्थानीय तहकाे  निर्वाचनलगायतका विषयमा छलफल गर्न माओवादीले केन्द्रीय समिति बैठक बाेलाएकाे थियाे ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारुढ गठबन्धनबीचमै विमति देखिएको छ । माओवादी केन्द्र अहिले सडक, सदन र सडक तीनतिर आन्दोलित भएको अवस्था छ । 

images
प्रकाशित मिति :फाल्गुण ६, २०७८ शुक्रवार - १९:२६:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology