Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आज संसदमा टेबुल हाेला एमसिसी ? त्यसअघि कार्यव्यवस्था परामर्श समितिकाे बैठक

आज संसदमा टेबुल हाेला एमसिसी ? त्यसअघि कार्यव्यवस्था परामर्श समितिकाे बैठक

images

इच्छाकामना न्युज

६, फाल्गुण २०७८
आज संसदमा टेबुल हाेला एमसिसी ? त्यसअघि कार्यव्यवस्था परामर्श समितिकाे बैठक
images

काठमाडौं,  ६ फागुन । अमेरिकी अनुदान सहयाेग एमसिसी संसदबाट पारित गर्न अमेरिकाले पछिल्लाे पटक दिएकाे समयसीमा सकिन १० दिन मात्र बाँकी छ । १६ फागुनभित्र एमसिसी पारित नभए थप कदम चाल्ने एमसिसी मुख्यालयले बताइसकेकाे छ ।

तर, सत्ता गठबन्धनका पाँच दल नै पाँचतिर भएपछि एमसिसी संसदमा टेबुलसमेत हुन सकेकाे छैन । सत्तासिन नेपाली कांग्रेस जसरी पनि एमसिसी टेबुल गर्नुपर्ने पक्षमा भए पनि खासगरी माओवादी केन्द्र र एकीकृत समाजवादी अहिलेकाे अवस्थामामा अगाडि बढाउन नहुने अडानमा छन् ।

प्रमुख प्रतिपक्षी एमाले पर्ख र हेरकाे अवस्थामा छ ।

यही तिगडमका कारण बुधबार बसेकाे प्रतिनिधिसभा बैठकमा एमसिसी टेबुल हुन सकेन, बरु सत्तासिन दल माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संस्था नै सडकमा उत्रिए ।

सहमति जुटाउने भन्दै बिहीबार बसेकाे सत्ता गठबन्धनकाे बैठक पनि निरर्थक नै बन्याे । 

यही अन्याैलका बीच आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसाे १ बजे बस्ने भए पनि एमसिसी टेबुल हुने सम्भावना न्यून रहेकाे एक मन्त्रीले बताए ।

संसद् सचिवालयले सार्वजनिक गरेकाे सम्भावित कार्यसूचीमा पनि एमसिसी उल्लेख छैन । बरु प्रधानमन्त्री शेरबहादुर देउवाले 'आदिवासी जनजाति आयोगको प्रतिवेद आर्थिक वर्ष २०७७/७८' पेस हुने कार्यसूची छ ।

प्रतिनिधिसा बैठक अघि सभामुख अग्नि सापकाेटाले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिकाे बैठक बाेलाएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण ६, २०७८ शुक्रवार - ०८:१०:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology