Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

आगलागीबाट पराजुलीको घर जलेर नष्ट

आगलागीबाट पराजुलीको घर जलेर नष्ट

images

इच्छाकामना न्युज

६, फाल्गुण २०७८
आगलागीबाट पराजुलीको घर जलेर नष्ट
images

उदयपुर, ६ फागुन । उदयपुरको त्रियुगा नगरपालिका– १२ स्थित सिद्धार्थ टोलमा विद्युत सर्ट भई आगलागी हुँदा एक घर जलेर खरानी भएको छ । विद्युत सर्ट भई आगो सल्कीदा त्रियुगा नगरपालिका वडा नम्बर १२ स्थित सिद्धार्थ टोलका युवराज पराजुलीको घर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घरमा कोही नभएको बेला आगो लागेको थियो । छिमेकीको घरमा विवाह भोजका लागि सपरिवार गएको बेला आगलागी भएकाले मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमको भनाई छ ।

राती ९ः३० बजेदेखि आगलागी सुरु भएको छिमेकी अर्बीन चौधरीले जानकारी दिइन् । ‘सुरुमा धुवा जस्तो देखियो’ छिमेकी चौधरीले भने, ‘आगो लागेको थाहा पाएपछि हामी उद्धारका लागि जाँदा जाँदै घर सबै खरानी भयो ।

तीनकोठे काठको घरभित्र रहेको लत्ताकपडा, खाद्यान्न, नगद लगायतका कुनै पनि सामान सुरक्षित गर्न नसकिएको प्रहरीले जनाएको छ । आगो त्रियुगा नगरपालिकाको दमकलले झण्डै एक घण्टापछि नियन्त्रणमा लिएको थियो । क्षतिको बिवरण आउन बाँकी रहेको छ । 

images
प्रकाशित मिति :फाल्गुण ६, २०७८ शुक्रवार - ०८:०४:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology