Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

भोलि हुने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल नगर्ने गठबन्धनको निर्णय

भोलि हुने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल नगर्ने गठबन्धनको निर्णय

images

इच्छाकामना न्युज

५, फाल्गुण २०७८
भोलि हुने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल नगर्ने गठबन्धनको निर्णय
images

काठमाडौं, ५ फागुन । एमसीसीबारे छलफल गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले एमसिसी भोलि पनि संसदमा टेबल नहुने बैठकले निर्णय गरेको छ ।

सत्ता गठबन्धनमा कांग्रेस एमसिसी टेबल गर्ने पक्षमा अभिएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी भने विपक्षमा उभिएको थियो ।

यस्तै बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवा, नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, पूर्णबहादुर खड्का, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई सहभागी थिए ।

यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादव भने सहभागी छैनन्। उनी राजधानीबाहिर भएकाले उपस्थित हुन सकेनन्। एक नेताका अनुसार गठबन्धनका शिर्ष नेतृत्वको बैठक भोलि बिहान ९ बजे वालुवाटार बोलाइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०७८ बिहिवार - २०:०७:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology