Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सार्वजनिक स्थानमा बम राखेर आतंक फैलाउने ९ जना सार्वजनिक

सार्वजनिक स्थानमा बम राखेर आतंक फैलाउने ९ जना सार्वजनिक

images

इच्छाकामना न्युज

५, फाल्गुण २०७८
सार्वजनिक स्थानमा बम राखेर आतंक फैलाउने ९ जना सार्वजनिक
images

झापा, ५ फागुन । सार्वजनिक स्थानमा बम राखेर आतंक फैलाउँदै आएका नाै जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक र बिर्तामोडको सार्वजनिक स्थानमा प्रेसर कुकर बम राखेर आतंक फैलाउनेलाई पक्राउ गरी बिहीबार प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मन्दिरका पुजारीदेखि लागुऔषध मुद्दामा फरार रहेकासमेत रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गौरादह-२ का ३८ वर्षीय सुमनकुमार कार्की, कनकाई-३ का ४१ वर्षीय भीष्म थापा, दमक-९ की ५० वर्षीया देवी बाँस्कोटा गुरागाईं, कनकाई-३ का ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला, शिवसताक्षी-१ का ३२ वर्षीय सरुण लिम्बू भनिने दिलकुमार सामेखाम, संखुवासभा खाँदवारी–१० घर भई मोरङ सुन्दर हरैचा बस्ने २९ वर्षीय मनोमहन दाहाल, गौरीगञ्ज–३ का ३२ वर्षीय आनन्द भनिने अनन्तप्रसाद गिरी, गौरादह–५ का  ३३ वर्षीय प्रदीप थापा, गौरीगञ्ज–३ का ४५ वर्षीय विजयकुमार दास हलुवाई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । 

पक्राउ परेकामध्ये सुमनकुमार कार्की मुख्य अभियुक्त हुन् । उनी विगतमा वैदेशिक रोजगारी सम्बन्धी ठगी मुद्दामा विगत दुई वर्ष जेल सजाय काटेका थिए । लागुऔषध मुद्दामा जिल्ला अदालत झापाबाट पक्राउ पुर्जी जारी भई फरार अभियुक्तको सूचीमा छन् । ‘हिमाल सुरक्षा’ परिषद्को नाममा विभिन्न ठाउँमा बम राखेर चन्दाका लागि आतंक फैलाउँदै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । कार्की भारतमा बसेर आर्थिक संकलन गर्दै अपराधिक गतिविधि गर्ने गरेको प्रहरीले जनाएको छ । उनको साथबाट हिमाल सुरक्षा परिषद्को पर्चा, पम्प्लेट, स्ट्याम्प, चन्दा माग्ने गरेको सिमकार्ड, आर्थिक संकलनका लागि लेखिएको पत्रसमेत फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, पक्राउ परेका सिटौला कनकाई–४ स्थित कोटीहोमका पुजारी हुन् । उनले ग्रेटर नेपाल माग राखी प्रेसर कुकर राखेको अभियोगमा पक्राउ परेका एक व्यक्तिसँग मिली कुटीमा बोलाएर हिन्दु राज्य, राजतन्त्र पुनस्र्थापनाको माग राखी पटकपटक बैठक बसेको प्रहरीले आरोप लगाएको छ । उनले भीष्म थापालाई मोटरसाइकल किनिदिने प्रलोभन देखाएर बम राख्न लगाएको प्रहरीको आरोप छ । थापा ट्युबेल गाड्ने मजदुर हुन् ।

विगतमा गोरखा जनमुक्ति पार्टीको नाममा अपराधिक गतिविधि गर्दै आएका उनीहरू हाल हिमाल सुरक्षा परिषद्को नाममा संगठित भएर आपराधिक काम गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई विष्फोटकसम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट म्याद थप भएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

images
प्रकाशित मिति :फाल्गुण ५, २०७८ बिहिवार - १८:०९:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology