Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनमा आजदेखि नशा तथा हाडजोर्नी विशेषज्ञहरुको राष्ट्रिय सम्मेलन सुरु 

चितवनमा आजदेखि नशा तथा हाडजोर्नी विशेषज्ञहरुको राष्ट्रिय सम्मेलन सुरु 

images

इच्छाकामना न्युज

५, फाल्गुण २०७८
चितवनमा आजदेखि नशा तथा हाडजोर्नी विशेषज्ञहरुको राष्ट्रिय सम्मेलन सुरु 
images

चितवन, ५ फागुन । नशा तथा हाडजोर्नी रोग विशेषज्ञहरुको २७ औं राष्ट्रिय सम्मेलन आजबाट चितवनमा सुरु भएको छ । नेपाल अर्थोपेडिक एसोसिएसन केन्द्रीय समिति तथा शाखा चितवनको सयुंक्त आयोजनामा भरतपुरको चितवन गार्डेन रिर्सोट प्रा लि मा संचालन भएको हो । 

सम्मेलन फागुन ५ र ६ गते गरी दुई दिन सञ्चालन हुनेछ । पहिलो दिनको उद्घाटन सत्रमा एसोसिएसनका केन्द्रीय अध्यक्ष प्राडा रविन्द्र लाल प्रधानले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको सुभारम्भ गरेका हुन । 

273752720_5261416207224155_8170822764676074002_n.jpg

सम्मेलनमा देशैभर बाट करिब १०० जना  अर्थोपेडिक विषयका चिकित्सकको प्रत्यक्ष सहभागीता रहेको छ । भने जुम एप्सको माध्यम मार्फत विदेशी सात राष्ट्र र नेपालकै विभिन्न शहरबाट गरी करिब चारसय जना यस विद्यासंग सम्बन्धित चिकित्सकहरुको सहभागीता रहने चितवन शाखाका अध्यक्ष प्राडा सुरेश पाण्डले जानकारी दिए । कार्यक्रमा  नेपाली र विदेशी चिकित्सकहरुको सयभन्दा बढी अर्थोपेडिक विषयका वैज्ञानिक सोधपत्रबारे छलफल र अन्र्तक्रिया हुनेछ । 

सहभागी विशेषज्ञहरुले  यस्ता सम्मेलनले अर्थोपेडिक क्षेत्रका चिकित्सहरुलाई सिक्ने र सिकाउने कार्यमा महत्वपूर्ण भुमिका खेल्ने बताएका  थिए । नेपालका केही शहरहरु मध्ये चितवन जिल्ला पनि नशा तथा हाडजोर्नी रोगका विरामीलाई सबैखाले उपचार सेवा दिन विशेषज्ञ र अस्पतालहरु सक्षम रहेको र अब काठमाडौं जान नपर्ने प्राडा पाण्डेको भनाई छ । 

274114341_666490527726607_7433184316983649703_n.jpg

डा.सुशिल थापाले संचालन गर्नुभएको पहिलो उद्घाटन सत्र कार्यक्रम एसोसिएसनका केन्द्रीय अध्यक्ष प्राडा रविन्द्र लाल प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो । यस एसोसिएसनको चितवन शाखामा पैतालीस सदस्य र देशैभरा पाचसय साठी जना विशेषज्ञको आवद्धता रहेको छ । यसअघि अर्थोकोन २०२१ काठमाडौंमा सम्पन्न भएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०७८ बिहिवार - १७:४२:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology