Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सगरमाथा विमानस्थलका लागि धमाधम रुख छपान

सगरमाथा विमानस्थलका लागि धमाधम रुख छपान

images

न्युज कारखाना

५, फाल्गुण २०७८
सगरमाथा विमानस्थलका लागि धमाधम रुख छपान
images

ईश्वर तामाङ, उदयपुर, ५ फागुन । उदयपुरको त्रियुगा नगरपालिका– १ र २ जोगिदहस्थित प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माणको काम अघि बढेको छ । बहुप्रतिक्षारत उदयपुरको त्रियुगा नगरपालिका– १ र २ जोगिदहस्थित प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माणका लागि रुख छपानको काम सुरु गरिएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा प्रस्तावित सगरमाथा आन्तरिक बिमानस्थलको भौतिक पूर्वाधार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने वन तथा भू संरक्षण विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच गत २४ माघमा सम्झौता भएपछि बिमानस्थल निर्माण हुने प्रक्रिया अघि बढेको हो । 

राष्ट्रिय योजना आयोगले सगरमाथा आन्तरिक विमानस्थललाई राष्ट्रिय प्राथमिकता प्राप्त योजनामा समावेश गरी काम बढाएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्यायन मन्त्रालयले सगरमाथा विमानस्थल राष्ट्रिय प्राथमिकता प्राप्तमा राखेर काम अघि बढाएको थियो । 

निर्माण स्थलमा रहेका रुख कटान गर्न वन तथा भू संरक्षण बिभाग र नेपाल नागरिक उड्डयन प्राधिकरण बीच ०७८ माघ २४ गते भएको सम्झौतापछि रुख छपानको काम अघि बढेको हो । सम्झौतामा विमानस्थल निर्माणका लागि १ सय ५६ दशमलव ११ हेक्टर क्षेत्रफलमध्ये १ सय ५ दशमलव १० हेक्टरमा रहेको रुख मात्र छपान गरी हटाउने उल्लेख गरिएको छ । बाँकी रहेको ५० दशमलव ४१ हेक्टरको कटान गर्न नपाउने उल्लेख गरिएको छ । 

बिमानस्थल निर्माण गर्ने शिवालय धार्मिक वन उपभोक्ता समूहको ०.५२ हेक्टर क्षेत्रमा १७८ वटा रुख कटान गर्नु पर्ने कंग सामुदायिक वन उपभोक्ता समुहका ७२.३५ हेक्टर क्षेत्रमा १२ हजार ६ सय ३८ वटा रुख कटान गर्नु पर्ने र मोतियाही सामुदायिक वन उपभोक्ता समूह ८३.२४ हेक्टर क्षेत्रमा ५ हजार ६ सय ७ वटा रुख कटान गर्नु पर्ने रहेको छ । 

सम्झौता अनुसार १ सय ५ दशमलव १० हेक्टरको मात्र रुख कटान गरि बाँकी रहेको ५० दशमलव ४१ हेक्टरमा हरियाली कायम गर्ने उल्लेख गरिएको छ । सगरमाथा आन्तरिक विमानस्थल आयोजना प्रमुख  हिमज्योति थापा सहितको टोली अहिले निर्माण स्थलमा रुख छपान तथा कटानको काम थाल्न आएकाे  छ । ३ फागुनदेखि विमानस्थलको सिमाङ्गकन तथा रुख छपानको काम अघि बढाएको परराष्ट्रयमन्त्री डा. नारायण खड्काको सचिवालयका लिला भट्टराईले जानकारी दिए । 

images
प्रकाशित मिति :फाल्गुण ५, २०७८ बिहिवार - ०७:५२:४० बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology