Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

लारुम्बामा किराँत धर्मावलम्बीको भेला, किराँत धर्मगुरु र धर्मआमा अभिनन्दित

लारुम्बामा किराँत धर्मावलम्बीको भेला, किराँत धर्मगुरु र धर्मआमा अभिनन्दित

images

इच्छाकामना न्युज

४, फाल्गुण २०७८
लारुम्बामा किराँत धर्मावलम्बीको भेला, किराँत धर्मगुरु र धर्मआमा अभिनन्दित
images
इलाम, ४ फागुन नेपाली कांग्रेस इलामले किराँत धर्मगुरु र धर्मआमालाई अभिनन्दन गरेको छ । किराँत गुरुआमा पवित्राहाङ्मा लिङ्देनको ६६औं जन्मोत्सवको अवसरमा मंगलबार माङ्सेबुङ गाउँपालिकाका लारुम्बास्थित किराँत धार्मिकस्थलमा आयोजित विशेष कार्यक्रममा कांग्रेसले अभिनन्दन गरेको हो ।
 
कार्यक्रममा देश विदेशबाट सयौं किराँत धर्मावलम्बीहरु भेला भएका छन् । कांग्रेस इलामका सभापति डम्बरबहादुर खड्काले किराँत धर्मगुरु आत्मानन्द सेइङ र गुरुआमा पवित्राहाङ्मा लिङ्देनलाई अभिनन्दन गरेका हुन् ।
 
विश्व शान्ति, मानव एकता, समग्र प्राणीको रक्षार्थ तथा किराँत धर्म, संस्कृति, भाषा, लिपि र साहित्यमा पु¥याएको योगदानका लागि धर्मगुरु आत्मानन्द सेइङ र धर्मआमा पवित्राहाङ्मा लिङ्देनलाई अभिनन्दन गरिएको कांग्रेस इलामका सभापति खड्काले बताए । धर्मगुरु आत्मानन्द सेइङले पवित्राहाङ्मा लिङ्देनको जन्मोत्सवमा कांग्रेस इलामले अभिनन्दन गरेकोमा निकै खुसी लागेको बताउँदै धन्यवादसमेत दिए ।
 
किराँत धार्मिकस्थलमा यसअघि राजा वीरेन्द्र, ज्ञानेन्द्र शाह, प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुुराम भट्टराई, केपी ओलीलगायत आए पनि अहिलेसम्म उचित विकास हुन नसकेकोमा दुःख व्यक्त गरे ।
 
कांग्रेस नेता खड्काले किराँत धर्मको धार्मिकस्थल लारुम्बा र समग्र माङ्सेबुङ गाउँपालिकाको विकासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । किराँत धर्मगुरु आत्मानन्द सेइङ र धर्मआमा पवित्राहाङ्मा लिङ्देनलाई अभिनन्दन गर्न पाउँदा आफूलाई निकै गर्व महसुस भएको पनि बताए ।
 

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - ०९:४०:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology