Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पवर्तको लेकाली बस्तीमा आकाशेपानी सङ्कलन गर्ने ट्याङ्की सुक्दै 

पवर्तको लेकाली बस्तीमा आकाशेपानी सङ्कलन गर्ने ट्याङ्की सुक्दै 

images

इच्छाकामना न्युज

४, फाल्गुण २०७८
पवर्तको लेकाली बस्तीमा आकाशेपानी सङ्कलन गर्ने ट्याङ्की सुक्दै 
images

रोशन तिवारी, पर्वत, ४ फागुन । पर्वतको फलेवास नगरपालिकाको लेकाली बस्ती आकाशेपानी सङ्कलन गर्ने ट्याङ्की हिउँद लागेसँगै सुक्न थालेको छ ।

फलेबास नगरपालिका ३ शंकरपोखरीका तुल्सीदेबी शर्माले पानीको अभावमा कठ्याग्रिँदो जाडोमा बिहानै पधेँरामा पुग्नुपर्ने, पालो कुरेर पानी थाप्नुपर्ने बाध्यता रहेको बताउनुभयो । घरको आँगनमा बर्खाको पानी सङ्कलन गर्न बनाईएका घैँटा सुकेपछि खानेपानीको जोहो गर्न मुस्किल भएको उहाँको भनाइ छ ।

स्थानीयले लुगाधुने, नुहाउने र पशुचौपायलाई खुवाउने पानी गाग्रीमा बोकेर जोहो गर्दै आएका छन् । पानीको कुनै स्रोत नभएपछि २०६४ सालमा त्यहाँका ४० घरमा ५ हजार लिटरका सिमेन्टका घैँटा बनाईएको थियो । अधिकांशका घरका ट्याङ्की फुटेर पानी चुहिने समस्या देखिएको छ ।

बर्खाको पानी सङ्कलन गरेर हिउँदको खाँचो टार्दै आएका स्थानीयको जनजीवन प्रभावित भएको होमप्रसाद भुसालले बताउनुभयो ।खानेपानी सम्बन्धी काम गर्ने एउटा संस्थाले निशुल्क रुपमा घैँटा निर्माण गरिदिएको थियो । चुहिएका घैँटा टाल्न कतैबाट सहयोग नपाएको स्थानीय बताउँछन् ।

फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले खानेपानीको अभाव रहेको सो बस्तीमा चैत्र १५ भित्र सुविधा पु¥याउने गरि काम भइरहेको बताउनुभयो । पिउने पानीकै अभाव भएपछि तरकारी खेती गर्न र पशुपालन गर्न सकिएको छैन । पानीको अभावले बसाईसराई समेत बढेको छ । 

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - ०९:२४:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology