Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रतिनिधिसभाको बैठक आज बस्दै, एमसीसी टेबुल गर्ने तयारी 

प्रतिनिधिसभाको बैठक आज बस्दै, एमसीसी टेबुल गर्ने तयारी 

images

इच्छाकामना न्युज

४, फाल्गुण २०७८
प्रतिनिधिसभाको बैठक आज बस्दै, एमसीसी टेबुल गर्ने तयारी 
images

काठमाण्डौ, ४ फागुन । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकको कार्यसूचीसमेत सार्वजनिक भइसकेको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी सम्बन्धी प्रस्ताव समावेश छैन।

कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ। तर, सरकारले सर्वाधिक चर्चा र विवादित बनेको अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी गरेको छ। संसद् बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन हुन सक्ने बताइएको छ।

हिजो सम्पन्न काँग्रेस संसदीय दलको बैठकले एमसीसी टेबल गराउने निर्णय गरेको थियो । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले सभामुखलाई एमसीसी टेबल गर्न आग्रह गरेका गर्नुभएको थियो । यो विषयमा सभामुख सकारात्मक रहेको काँग्रेसले जनाएको छ ।

सत्तारुढ दल नेकपा माओवादी, एकीकृत समाजवादी पार्टी भने एमसीसीको पक्षमा खुलेका छैनन्। प्रतिपक्षी दल एमालेले भने सत्तारुढ दलले आफ्नो धारणा सार्वजनिक गरेपछि उपयुक्त निर्णय गर्ने बताएको छ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - ०९:०३:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology