Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नारायणगढको सेन्ट्रल कलेजमा अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई सेमिनार, धमाधम भर्ना हुँदै विद्यार्थी

नारायणगढको सेन्ट्रल कलेजमा अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई सेमिनार, धमाधम भर्ना हुँदै विद्यार्थी

images

इच्छाकामना न्युज

३, फाल्गुण २०७८
नारायणगढको सेन्ट्रल कलेजमा अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई सेमिनार, धमाधम भर्ना हुँदै विद्यार्थी
images

चितवन, ३ फागुन । नारायणगढको सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङले अष्ट्रेलिया पढ्न जाने विद्यार्थीका लागि परामर्श दिएको छ ।

अष्ट्रेलियका कलेजहरु सिड्नी सिटी कलेज अफ मेनेज्मेण्टका सिइओ रञ्जु वाग्ले थापा र अष्ट्रेलियन इन्टरनेशनल कलेजका सिइओ नरेश थापाले विद्यार्थीहरुलाई परामर्श दिएका हुन् ।

सिइओ रञ्जु थापा वाग्लेले आफू २७ वर्षदेखि अष्ट्रेलियामा रहेको र अष्ट्रेलिया पढ्न र काम गर्न संसारकै उत्कृष्ट गन्तव्य रहेको बताइन् । सिड्नी सिटी कलेजमा अधिकांश विद्यार्थी नेपाली रहेको बताउँदै उनले उक्त कलेज नेपाली विद्यार्थीका लागि उपयुक्त भएको बताइन् । उनले विद्यार्थीहरुले राखेका विभिन्न जिज्ञासाको प्रतिक्रिया समेत दिएकी थिइन् ।

central-3-1.jpg

सेन्ट्रल कलेजका प्रबन्ध निर्देशक यज्ञविलास पौडेल (वाइबी) ले सेन्ट्रल कलेजले विगतका वर्षहरुमा विद्यार्थी जापान पठाउंँदै आएको र हाल अमेरिका, युके, क्यानडाका कलेज तथा युनिर्भसिटीमा विद्यार्थी पठाउन सुरु गरेको जानकारी दिए ।

यसअघि अष्ट्रेलियाका ५२ वटा कलेजसंँग सम्बन्धन र सहकार्य गरिसकेको बताउंँदै पौडेलले अष्ट्रेलियाका जुनसुकै शहरमा नेपालीले रोजेको बिषयमा पढ्न जान पाउने बताए । आगामी दिनहरुमा यस कलेजले अमेरिका, युके, क्यानडाका कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुलाई यहांँ ल्याएर परामर्श तथा डकुमेन्ट्स पूरा भएका विद्यार्थीहरुको लागि अन द स्पोट एडमिसन गरिने उनको भनाइ छ ।

पौडेलका अनुसार आजको सेमिनारमा अष्ट्रेलिया जाने प्रक्रिया पूरा गरिसकेका ११ जना विद्यार्थीले सिड्नी सिटी र अष्ट्रेलियन इन्टरनेशनल कलेजमा भर्ना प्रक्रिया सुरु गरेका छन् । ५० जनाभन्दा बढी विद्यार्थीको उपस्थितिमा भएको सेमिनार आज दिनभर चलेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७८ मंगलवार - २२:२८:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology