Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

फागुन २० गतेदेखि नेपाली कांग्रेसले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान चलाउने

फागुन २० गतेदेखि नेपाली कांग्रेसले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान चलाउने

images

इच्छाकामना न्युज

३, फाल्गुण २०७८
फागुन २० गतेदेखि नेपाली कांग्रेसले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान चलाउने
images

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा पार्टीलाई जिताउन अभियान चलाउने भएको छ । मंगलबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने अभियान सुरु गरिने बताए ।

अभियानमा कांग्रेसका सम्पूर्ण पंक्ति खटिने उनले बताए । सो अभियान फागुन २० गतेदेखि चैत २० गतेसम्म निरन्तर चल्ने महतको भनाइ छ । ‘स्थानीय निर्वाचन वैशाख ३० गते हुँदैछ । निर्वाचन तोक्ने सरकारको निर्णयलाई स्वागत गरेका छौं। सम्पूर्ण एकता र सक्रियताका साथ निर्वाचनमा सहभागी हुने निर्णय गरेका छौं’, प्रवक्ता महतले भने ।

कांग्रेसले विधानअनुसार महाधिवेशन गर्न नसकी अवधि समाप्त भएका सबै भ्रातृ संस्थाहरू विघटन गर्ने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल , नेपाल महिला संघ, नेपाल मुस्लिम संघलगायतका कार्यसमिति भंग गर्ने निर्णय गरेको हो ।

योसँगै कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका भ्रातृसंस्थाका पदाधिकारीहरू पनि भ्रातृ संस्थाको जिम्मेवारीबाट मुक्त भएका छन् । बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधानसमेत पारित गरेको छ । विधान पारित भएसँगै नेपाल विद्यार्थी संघमा अब ३२ वर्षे उमेर हद लागु भएको छ । त्यस्तै तरुण दलमा ४५ वर्षको उमेर हद लगाइएको छ ।

 

images
प्रकाशित मिति :फाल्गुण ३, २०७८ मंगलवार - २२:१२:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology