Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एमसीसी सम्झौता विरुद्ध विप्लव माओवादी सहित ५ वामपन्थी दलद्वारा भोली नेपाल बन्दको आह्वान

एमसीसी सम्झौता विरुद्ध विप्लव माओवादी सहित ५ वामपन्थी दलद्वारा भोली नेपाल बन्दको आह्वान

images

इच्छाकामना न्युज

३, फाल्गुण २०७८
एमसीसी सम्झौता विरुद्ध विप्लव माओवादी सहित ५ वामपन्थी दलद्वारा भोली नेपाल बन्दको आह्वान
images

काठमाडौं, ३ फागुन । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी फागुन ४ गते संसदमा टेबुल गर्ने तयारी गरे सँगै पाँच वामपन्थी पार्टीहरुले फागुन ४ गते नेपाल बन्दको घोषणा गरेका छन् ।

आज बसेको पाँच वटै पार्टी र मोर्चाको संयुक्त बैठकले भोलि एमसीसी विरुद्ध नेपाल बन्दको निर्णय गरेको हो । यातायात, उद्योग कलकारखाना, विद्यालय सबै बन्द गरिने देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले बताए ।

नेपाल बन्दको आयोजकमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, आहूति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी पार्टी तथा देशभक्त गणतान्त्रिक मोर्चाले गरेको हो ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७८ मंगलवार - २२:१०:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology