Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रधानन्यायाधीशविरुद्धकाे महाभियाेगकाे विपक्षमा कमल थापा, प्रपञ्च रहेकाे भन्दै देखाए तीन कारण

प्रधानन्यायाधीशविरुद्धकाे महाभियाेगकाे विपक्षमा कमल थापा, प्रपञ्च रहेकाे भन्दै देखाए तीन कारण

images

इच्छाकामना न्युज

२, फाल्गुण २०७८
प्रधानन्यायाधीशविरुद्धकाे महाभियाेगकाे विपक्षमा कमल थापा, प्रपञ्च रहेकाे भन्दै देखाए तीन कारण
images

काठमाडाैं, २ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्धकाे महाभियाेगकाे विपक्षमा उभिएका छन् । सत्ता गठबन्धनका सांसदले जबराविरुद्ध आइतबार महाभियाेग प्रस्ताव दर्ता गरेपछि थापाले  प्रपञ्चमा महाभियाेग ल्याइएकाे दाबी गरे ।

साेमबार बिहान सामाजिक सञ्जालमा टिप्पणी लेख्दै थापाले महाभियाेग प्रपञ्च हुनुका तीन कारण औँल्याएका छन् ।

उनले पहिलाे कारण त एमसिसीमा सत्तासिन नेपाली कांग्रेसकाे स्वार्थ रहेकाे बताएका छन् । एमसिसी पारित गर्न सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीले अस्वीकार थिए । प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसीमा माओवादी र समाजवादीकाे माैन समर्थन रहने सर्तमा महाभियाेग प्रस्तावमा राजी भएका हुन् । अर्थात एमसिसी संसदमा टेबल गर्न माओवादी र एकीकृत समाजवादी राजी भएकाे तर मतदानमा भाग लिने छैन, मतदानका बखत ती दलका सांसद अनुपस्थित हुनेछन् ।

त्यस्तै, थापाले दाेस्राे कारणमा सभामुख अग्निप्रसाद सापकाेटाविरुद्ध विचाराधीन मुद्दा रहेकाे बताएका छन् ।  द्वन्द्वकालमा २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्याको आरोपमा  सापकाेटालगायत केहीविरुद्धकाे मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ । याे मुद्दालाई थापाले  माओवादी स्वार्थ भनेका छन् । 

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका १४ सांसदमाथि कारबाही गरेकाे बताएका थिए । तर, याे विषयमा सभामुखले निकास नदिएपछि सर्वाेच्चमा मुद्दा परेकाे छ । याे विषयमा एकीकृत समाजवादीकाे स्वार्थ रहेकाे उनले बताएका छन् ।

थापाले लेखेका छन्- 'प्रन्यालाई हटाउनु पर्ने बेला चुपचाप बस्ने,अहिले MCC पास गर्ने (कंग्रेस स्वार्थ),हत्या अभियोगबाट सभामुखलाई जोगाउने(माओवादी स्वार्थ) र नेकपा(एस)को सासंद पद जोगाउने प्रपंचमा प्रन्या राणा विरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको विकृतिको नमुना हो ।'

images
प्रकाशित मिति :फाल्गुण २, २०७८ सोमवार - ०८:५२:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology