Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एमाले उपमहासचिवकाे टिप्पणी : गठबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेकाे छ

एमाले उपमहासचिवकाे टिप्पणी : गठबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेकाे छ

images

इच्छाकामना न्युज

२, फाल्गुण २०७८
एमाले उपमहासचिवकाे टिप्पणी : गठबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेकाे छ
images

काठमाडाैं, २ फागुन । नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल सत्ता गठबन्धनविरुद्ध खनिएका छन् । सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्ध महाभियाेग प्रस्ताव दर्ता गरेपछि रिमालले 'गठबन्धन'लाई 'ठगबन्धन'काे संज्ञा दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'गठबन्धन' भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ । ढुंगा सर्वोच्चमा बज्रिएको छ।'

उनी अगाडि लेख्छन्- भनिन्छ नि- फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन ! हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नि ? '

त्यस्तैऽ एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रधानन्यायाधीशविरुद्धको पारित नहुने महाभियोग प्रस्ताव अन्तत: सत्ता गठबन्धनलाई नै निल्नु न ओकल्नुबाहेक केही नहुने टिप्पणी गरेका छन् । 

'जसरी २०७४ मा चुनावको मुखमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग शेरबहादुर देउवा र उहाँको पार्टीलाई महँगो सावित भएको थियो, ढुक्क भए हुन्छ- यस पटक प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाभियोगले पनि त्यसैगरी ‘ब्याक फायर’ गर्नेछ,' उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

images
प्रकाशित मिति :फाल्गुण २, २०७८ सोमवार - ०८:५०:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology