Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भाषा र संस्कृतिको संरक्षणका लागि सामुदायिक रेडियो प्रभावकारी 

भाषा र संस्कृतिको संरक्षणका लागि सामुदायिक रेडियो प्रभावकारी 

images

सिआईएन

१, फाल्गुण २०७८
भाषा र संस्कृतिको संरक्षणका लागि सामुदायिक रेडियो प्रभावकारी 
images

पुष्पा चौधरी, बर्दिया, १ फागुन । भाषा संस्कृतिको संरक्षणमा नेपालका सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण छ । अझ निश्चित भाषा, जाति, समुदाय लक्षित रेडियोको योगदान र अभ्यासबाट नागरिक पनि खुसी भएका छन् । आफूले गाएको गीत, गरिएको कुराकानी र आफ्नो समुदायसँग सम्बन्धित समाचार प्रसारण हुन थालेपपछि बर्दियाका थारु समुदायिका नागरिक रेडियोसम्मै पुग्ने गरेका छन् । 

थारु भाषामा समाचार, गीतसङ्गीत प्रसारण हुँदा खुसी लाग्ने गरेको बर्दिया खटही फाँटाकी लालरानी थारुले बताउनुभयो । बाँसगढीमा रहेको रेडियो गुर्बाबाले थारु समुदायमा रहेको ज्ञान, सीप, कला, संस्कृति र इतिहासको सङ्कलनसँगै ज्ञानलाई पुस्तान्तरण गर्ने अभियान चलाएको छ । यसबाट आफूहरूले नयाँनयाँ कुरा जान्न पाएको बर्दिया लम्की फाँटाका बरघर टोंटु थारुले बताउनुभयो ।५२ प्रतिसत थारु भाषी रहेको बर्दियामा रेडियोले स्थानीय तहसँग सहकार्य गरेर पनि काम गरिरहेको बारबर्दिया नगर पालिकाका प्रमुख दुर्गा बहादुर थारुको भनाइ छ । 

गुर्बाबा एफएमले सूचनासँगै संस्कृति र भाषा संरक्षणमा जोड दिँदै आएको  रेडियोका संस्थापक एकराज चौधरीले बताउनुभयो ।नेपालमा अहिले ३ सयभन्दा धेरै सामुदायिक रेडियो सञ्चालनमा छन् । यसमा पनि कृषि, महिला, मुस्लिम, थारु, चेपाङ समुदाय केन्द्रित विषयगत रेडियोले स्थानीय तथा प्रदेश सरकारसँग सहकार्य गरेर आफ्नो दिगोपनासँगै स्रोतालाई सत्यतथ्य सूचना, जानकारी दिँदै आएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १, २०७८ आइतवार - ०८:५८:१८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology