Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एमसीसीको कारण सत्तागठबन्धन भत्किने सम्भावना, एमालेको भत्काउने दाउ

एमसीसीको कारण सत्तागठबन्धन भत्किने सम्भावना, एमालेको भत्काउने दाउ

images

पत्रपत्रिका

१, फाल्गुण २०७८
एमसीसीको कारण सत्तागठबन्धन भत्किने सम्भावना, एमालेको भत्काउने दाउ
images

काठमाडौ, १ फागुन । सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना मिलिनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा टेबल गर्ने विषयमा विवाद चुलिएको छ । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच शनिबार बालुवाटारमा भएको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

एमसीसी सम्झौतालाई अगाडि बढाउने विषयमा भएको छलफलमा शीर्ष तीन नेता आ–आफ्नै अडानमा कायम रहेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो । देउवा सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री देउवाले एमसीसीलाई संसद्मा टेबल गर्न जोड दिएपछि प्रचण्ड र नेपालले सत्ता गठबन्धभित्र साझा धारणा निर्माण नभई अगाडि बढे गठबन्धन भत्किनसक्ने चेतावनी दिएका थिए । तर, प्रधानमन्त्री देउवाले भने सम्झौता टेबल गर्दैमा गठबन्धन नभत्किने आश्वासन दिएका थिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ढिला नगरी एमसीसीलाई संसद्मा टेबल गर्न र त्यहींबाट छिनोफानो गर्न आग्रह गरेका थिए । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेकै अवस्थामा एमसीसी संसद्मा टेबल गर्न नहुने अडान दोहोर्याएका थिए ।

जवाफमा प्रधानमन्त्री देउवाले संसदमा सबै दलले धारणा राख्न पाउने भएकाले एमसीसी टेबल गर्न धेरै ढिला गर्न नहुने अडान दोहोर्याएका थिए । समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :फाल्गुण १, २०७८ आइतवार - ०८:१८:०४ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology