Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

म्युजिक भिडियोमा जम्दै गोरखा धार्चेकी मेनुका गुरुङ

म्युजिक भिडियोमा जम्दै गोरखा धार्चेकी मेनुका गुरुङ

इच्छाकामना न्युज

२९, माघ २०७८
म्युजिक भिडियोमा जम्दै गोरखा धार्चेकी मेनुका गुरुङ
images

सहरी वातावरणमा हुर्केकाहरु मोडल बन्नु नयाँ विषय होइन । साजसज्जा, श्रृङ्गारपटार र फेसनमा सौखिन हुनु पनि उनीहरुलाई ठूलो कुरा छैन । तर दाउराघाँस, मेलापात गरेर हुर्केका, लेकका भीर पहरामा भेँडाबाख्रा चराएर बालाजोवन बिताएकाहरुका लागि मोडल बन्नु असाधारण कुरा हो ।

images
images

यस्तै असाधारणलाई साधारण बनाउने प्रयासमा छिन्, धार्चे ३ खोर्लाकी मेनुका गुरुङ । नेपाली म्युजिक भिडियोमा नयाँ नयाँ अनुहारको आगमन हुने क्रम बढिरहेका बेला त्यही भेलमा होमिने साहस गरेकी छिन्, उनी । दर्शकले नयाँ र राम्रा कलाकारलाई रुचाउने भएकाले म्युजिक भिडियो मेकरहरु नयाँ अनुहारलाई भित्र्याउन लालयित हुन्छन् ।

273054019_522088905843658_8341406925075230387_n.jpg

धार्चे गाउँपालिका ३ खोर्लाकी मेनकाु गुरुङ पनि पछिल्लो समयमा म्युजिक भिडियोमा उदाइरहेकी नयाँ अनुहारमा पर्छिन् । खोर्लाको सात कन्या माविबाट २०७३ सालमा एसईई उतीर्ण गरेपछि उनले म्युजिक भिडियोमा करियर सुरुवात गरकी हुन् ।

सानै उमेरदेखि ‘डान्स’ गर्नमा रुचि राख्ने मेनुकाले हाल एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय सकेकी छिन् । ‘स्कुलमा सानैदेखि डान्स गर्ने भएकाले शिक्षकहरुले पनि ठूलो भएपछि नायिका बन्नु पर्छ भन्ने गर्नुहुन्थ्यो । अहिले दर्शकको माया, साथ र सहयोगले यहाँ सम्म आइपुगेकी छु’ उनले भनिन् । हाल उनी स्नातक तहको पढाइसँगै म्युजिक भिडियो र टेलिसिरियलमा पनि अभियन गर्दै आइरहेकी छिन् ।

उनको अभियनले पछिल्लो समयमा प्रशंसा पाउन थालेको छ ।

‘कुनै काम सानो वा ठूलो हुदैन, सबै काम गर्नुपर्छ । सट मुभी, टेलीसिरियल, म्युजिक भिडियोम सबै अभिनय गरेकी छु । सुरुमा स्थापित हुनका लागि विना पारिक्षमिक पनि काम गरेँ’, उनी भन्छिन्, ‘तर अहिले राम्रो काम गरे भने पारिश्रमिकको कुनै समस्या छैन, तर काम सुरु परेपछि त्यसमा फोकस भएर लाग्नुपर्छ ।’ अहिले व्यक्तिगत काममा व्यस्त भएका कारण म्युजिक भिडियोहरुको अफर आइरहेता पनि समय दिन नपाएको उनले बताइन् ।

हाल सम्म ‘यता न उता’, ‘हल्का रमाइलो’, ‘कुरा मात्र भो’, ‘धोकेबाज साथी’, ‘दोधार’, ‘दुखी बुवाआमा’, ‘के यो माया हो’, हेप्पी भ्यालेन्टाइन डे’, ‘गोरु बेचेको साइनो’, लगायतका सट मुभीहरुमा अभियन गरिसकेकी छिन् । त्यस्तै ‘लेकाली ठिटो’, ‘चोटै चोटले’, ‘आशाको दियो’, ‘रुन्छ मेरो आत्मा’, ‘माया गर्ने मुटु’, दशै, तिज, लोकदोहोरी लगायका एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

‘यो क्षेत्रमा संघर्ष गर्न सहयोग गर्नुहुने मेरो परिवार लगायत सबैलाई धन्यवाद दिन चाहान्छु, मोडलिङ क्षेत्रमा धेरै सम्भावना छ तर यो क्षेत्रमा आउन लागेका नयाँ साथीहरुलाई संर्घष गरेर आउन सुझाव दिन्छु’ उनले भनिन् ।

images
प्रकाशित मिति :माघ २९, २०७८ शनिवार - १५:४२:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology