Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गिद्ध जोगाउन अग्ला सिमलका रुख नकाट्न संरक्षणकर्मीको आग्रह 

गिद्ध जोगाउन अग्ला सिमलका रुख नकाट्न संरक्षणकर्मीको आग्रह 

images

इच्छाकामना न्युज

२९, माघ २०७८
गिद्ध जोगाउन अग्ला सिमलका रुख नकाट्न संरक्षणकर्मीको आग्रह 
images

अमरराज नहर्की, तनहँु, २९ माघ । गिद्ध जोगाउनको लागि अग्ला सिमलका रुख नकाट्न संरक्षणकर्मीले आग्रह गरेका छन् । गिद्धले बच्चा कोरल्ने समय भएकोले पृथ्वीराजमार्गको सडक विस्तार गर्ने क्रममा  अग्ला  सिमलका रुख तत्काल नकाट्न तनहुँका प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवाला समक्ष गिद्ध संरक्षणकर्मीले आग्रह गरेका हुन् ।

शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा रहेको सिमलको रुखमा लोपोन्मूख अति सङ्कटासन्न सूचीमा परेको सोनो खैरो  गिद्धको गुण रहेको गुण काटिदिएकोले बच्चा नै मरेकोले प्रशासन र सरोकारवाला समक्ष संरक्षणको लागि आग्रह गरिएको गिद्ध विज्ञ समुह सदस्य तथा पोखरा पन्छी समाजका सचिव हेमन्त ढकालले बताउनुभयो ।

सङ्कटासन्न प्रजातिका पशुपन्छी संरक्षण गर्नु सरोकारवाला सबैको कर्तव्य भएपनि राज्य जिम्मेवार रुपमा प्रस्तुत नभएको उनीहरूको भनाइ छ ।

images
प्रकाशित मिति :माघ २९, २०७८ शनिवार - ०९:१६:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology