Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

डडेल्धुरा सदरमुकाममा अहिलेसम्म बसपार्क बन्न सकेन 

डडेल्धुरा सदरमुकाममा अहिलेसम्म बसपार्क बन्न सकेन 

images

सिआईएन

२९, माघ २०७८
डडेल्धुरा सदरमुकाममा अहिलेसम्म बसपार्क बन्न सकेन 
images

तर्कराज भट्ट, डडेलधुरा, २९ माघ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको केन्द्रका रुपमा रहेको डडेलधुरा सदरमुकाममा अहिलेसम्म बसपार्क बन्न सकेको छैन । सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाको केन्द्रका रुपमाडडेलधुरा विकास हुन खोजे पनि राम्रो बसपार्क बन्न नसकेको हो ।

सवारीसाधनको पार्किङका लागि ठाउँ नहुँदा बसपार्क अस्तव्यस्त बन्न थालेको छ । सदरमुकाम प्रवेशद्वारमा दुई रोपनीभन्दा कम जग्गामा रहेको बसपार्कमा २० वटा सवारी साधनसमेत अटाउन सकेको छैन । २० वर्षअघि बनाइएको बसपार्कमा सुरुमा १५ वटा सवारी साधनसाधनराख्ने उद्देश्यले लिइएको थियो ।

६ वर्षअघि नगरपालिकामा रहेको तत्कालीन राजनैतिक संयन्त्रले दशरथचन्द राजमार्गको डकलेमा बसपार्क निर्माण गर्न ४० रोपनी जग्गा लिएर काम सुरु गरेको थियो । तर स्थानीय तहको निर्वाचन भएको ४ वर्ष पुगिसक्दा पनि अहिलेसम्म वसपार्क निर्माण हुन सकेको छैन । अमरगढी नगरपाकिलाका नगर प्रमुख बिशेश्वरप्रसाद ओझाले नयाँ सहर आयोजना मार्फत बसपार्क निर्माण भइरहेकाले य

सको कार्यान्वयनमा सरकार अग्रसर हुनुपर्ने बताउनुभयो । सदरमुकामको मुख्यबजार बाघखोरमा जताततै सवारीसाधन रोक्दा सर्वसाधारणका लागि हिँड्ने बाटोसमेत पुग्दैन । स्थानीयबासी बसपार्क निर्माणका लागि नगरपालिकालाई पटक पटक दबाब दिँदापनि जनप्रतिनिधिले कुनै चासो नदेखाएको गुनासो गर्छन् । 

images
प्रकाशित मिति :माघ २९, २०७८ शनिवार - ०९:१४:१४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology