Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

शिक्षामा बालिकाको पहुँच बढाउन बाँकेका स्थानीय तहले साइकल वितरण गर्दै 

शिक्षामा बालिकाको पहुँच बढाउन बाँकेका स्थानीय तहले साइकल वितरण गर्दै 

सिआईएन

२९, माघ २०७८
शिक्षामा बालिकाको पहुँच बढाउन बाँकेका स्थानीय तहले साइकल वितरण गर्दै 
images

निशु जोशी, नेपालगन्ज, २९ माघ । शिक्षामा बालिकाको पहुँच बढाउने र बालविवाह न्युनीकरणमा सघाउन बाँकेका स्थानीय तहले साइकल वितरण गरिरहेका छन् । केही पालिकाले आफ्नै बजेटमा र केहीले प्रदेश सरकारको सहयोगमा साइकल वितरण गरेका हुन् । साइकल किन्न नसक्दा कतिपय बालिका विद्यालय जान छोडेको अभिभावकहरूको भनाई छ ।

images
images

राप्तीसोनारी गाँउपालिकाले एक हजार दुई सय १७ जना बालिकालाई यसवर्ष साइकलवितरण गर्न लागेकामा हालसम्म ७ सय ५० वटा वितरण भइसकेको छ । यो कार्यक्रमलेविद्यालय छोडेका छात्रा पुनः विद्यालयमा फर्कने र टाढा रहेका बालिकाहरु विद्यालयमा नियमित हुने अपेक्षा गरिएकोराप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताउनुभयो ।

सुरुमा ७ सय साइकल खरिद गर्ने योजना बनाएपनि कार्यक्रम सञ्चालन गर्न थालेपछि विद्यार्थीको सङ्ख्या बढेर १२ सय १७ पुगेकोउहाँको भनाई छ । गाँउपालिकाले आफ्नै बजेटमा गतवर्ष सुरु गरेको यो कार्यक्रम कोरोनाका कारण रोकिएको थियो ।

यसअघि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बाँकेको नरैनापुरले कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने ५ सय २ जनालाई साइकल वितरण गरेको थियो । जानकी गाँउपालिका र नेपालगन्ज उपमहानगरपालिकाले समेत आफ्नै बजेटमा साइकल वितरण गरेका थिए । 

images
प्रकाशित मिति :माघ २९, २०७८ शनिवार - ०९:०७:४५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology