Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नारायणगढको लायन्सचोकमा रहेको कल्पना होटलमा यौनधन्दा, ५ जना पक्राउ

नारायणगढको लायन्सचोकमा रहेको कल्पना होटलमा यौनधन्दा, ५ जना पक्राउ

images

इच्छाकामना न्युज

२८, माघ २०७८
नारायणगढको लायन्सचोकमा रहेको कल्पना होटलमा यौनधन्दा, ५ जना पक्राउ
images

चितवन, २८ माघ । चितवनको नारायणगढस्थित एक होटलमा अवैध यौनजन्य क्रियाकलाप भएको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

भरतपुर महानगरपालिका–२, लायन्स चोकस्थित कल्पना होटल एण्ड लजमा अवैध यौनक्रियाकलाप भइरहेको सूचना आधारमा प्रहरीले छापा मार्दा पाँच जना पक्राउ परेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य समस्तिपुर घर भई हाल भरतपुरमा डेरा गरि बस्ने १९ वर्षीय मोहम्मद इम्तियाज, भरतपुर–१ का १९ वर्षीय सन्जोग महरा, होटल संचालिका ४० वर्षीय कल्पना महरा, २१ र २४ वर्षका दुई युवती रहेको चितवन प्रहरीले जनाएको छ ।

अवैध धन्दा बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । यसअघि पनि प्रहरीले सोही होटलमा अवैध यौन कार्यमा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको थियो ।

images
प्रकाशित मिति :माघ २८, २०७८ शुक्रवार - २१:३८:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology