Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनमा बर्डफ्लू संक्रमण पुष्टि

चितवनमा बर्डफ्लू संक्रमण पुष्टि

images

इच्छाकामना न्युज

२८, माघ २०७८
चितवनमा बर्डफ्लू संक्रमण पुष्टि
images

काठमाडौं, २८ माघ । चितवनको राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्मको कुखुरामा बर्डफ्लू पुष्टि भएको छ । फर्म रहेका लेयर्स कुखुरा रोगको कारण मर्न थालेपछि कुखुराको नमुना संकलन गरेर परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको हो ।

फर्मको कुखुरा मर्न थालेपछि २५ माघमा नमुना संकलन गरी काठमाडौं पठाइएकोमा बिहीबार संक्रमण पुष्टि भएको हो । 

चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरामा बर्डफ्लूको एचपाइभ एनवान संक्रमण देखिएको बताएका छन् ।

बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको प्रजिअ तामाङले बताए ।

फर्ममा रहेका सबै कुखुरा नष्ट गरिने र पर्मको वरिपरि १ सय मिटरभित्र रहेका कुखुरासमेत नष्ट गर्ने निर्णय भएको उनले बताएका  छन् । उक्त फर्म स्थानीय किसान सोमनाथ चौधरीको हो ।

फर्ममा चार हजार कुखुरा रहेकोमा दुई हजार तीन समय कुखुरा रोगका कारण मरिसकेको चौधरीले बताएका छन् ।

images
प्रकाशित मिति :माघ २८, २०७८ शुक्रवार - २१:०१:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology