Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

माघमै योजना सम्झौता गर्ने वडाध्यक्षलाई सम्मान

माघमै योजना सम्झौता गर्ने वडाध्यक्षलाई सम्मान

images

इच्छाकामना न्युज

२८, माघ २०७८
माघमै योजना सम्झौता गर्ने वडाध्यक्षलाई सम्मान
images

जुम्ला, २८ माघ । तातोपानी गाउँपालिकाले माघ महिना भित्रै योजना सम्झौता गर्ने वडा अध्यक्षलाई सम्मान गरेको छ । तातोपानी १  का वडा अध्यक्ष प्रेम बहादुर कठायतलाई सम्मानित गरिएको हो । पालिकाले माघभित्रै योजना सम्झौता सकाएका कारण  उनलाई सम्मानित गरेको  बताएको छ ।  

 छोटो अवधिमा विकास निमार्ण गुणस्तर नहुँने भन्दै पालिकाले माघ भित्रै योजनाको सम्झौता गराउने लक्ष्य  लिएको थियो । सोही वडाका सबै योजना सम्झौता गरेको भन्दै पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरु सम्मूर्ण कर्मचारीहरुको सहभागितामा दोसल्ला र अबिरसहित सम्मान गरिएको छ ।
 
तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकियका रुपमा मिलन बुड्थापा आएपछि माघ पहिलो साता कर्मचारी र वडाध्यक्षहरु संग छलफल गरेर माघ भित्रै योजना सम्झौता सक्ने निर्णय भएको थियो ।  

उनी  यसअघिदेखि वडामा प्राविधिक जनशक्ति खटाउने देखि  जनप्रतिनिधि र कर्मचारीहरु योजना सम्झौतामा लागिपरेका थिए । 

जसअन्तरर्गत  तातोपानी गाउँपालिका वडा नं.१ का वडाका सबै योजना माघ तेस्रो सातामै सकाउन वडाध्यक्ष प्रेम बहादुर कठायतले प्रभावकारी समन्वय र सहकार्य गरेकोले सम्मान गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले बताए । 

उनले भने,“माघ मसान्त भित्र सवै योजनाहरु सम्झौता गरि सक्ने भनी गरेको निर्णय लाई सार्थक तुल्याउदै वडा नं.१ वडाध्यक्ष सबै योजना सम्झौता गर्न सफल भएका छन् । अरुलाई सिकाई होस भनेर वडाध्यक्षलाई उर्जा थप्नका लागि पालिकाबाट सम्मान गरेका हौ ।” 

विकासमा गुणस्तर ल्याउन,पुँजिगत खर्च बढाउन,समयमै भुक्तानि सक्न,असारे विकासको अन्त्य गर्न र अनुगमन निरिक्षणलाई प्रभावकारी माघमै योजना सम्झौता सक्ने अभियान थालेको प्रमुख प्रशासकिय अधिकृत बुड्थापाको भनाई छ । 

हतारमा गरिएको सम्झौताले विकास निर्माणलाई गति दिन नसक्ने भएकाले यसमा कर्मचारी,जनप्रतिनिधि नागरिकको सहयोग समन्वय सहकार्य आबश्यक छ । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने,“पालिकाका ८ वटा वडा मध्य १ नम्बर वडाले निर्धारित लक्ष्यअनुसार सबै योजना सम्झौता सकेको छ । 

images
प्रकाशित मिति :माघ २८, २०७८ शुक्रवार - १९:५६:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology