Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

दूग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ बढायो, आजदेखि लागु

दूग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ बढायो, आजदेखि लागु

images

इच्छाकामना न्युज

२८, माघ २०७८
दूग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ बढायो, आजदेखि लागु
images

काठमाडौं, २८ माघ । दूग्ध विकास संस्थान (डीडीसी)ले शुक्रबारबाट लागू हुनेगरी दूधमा उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएको छ । १७ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले किसानको कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएपछि डीडीसीले पनि उपभोक्ता मूल्य बढाएको हो ।

सरकारले किसानको मूल्यवृद्धिपछि डीडीसीले पनि उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएर ८५ रुपैयाँ पु¥याएको छ । यसअघि डीडीसीले उपभोक्तालाई मूल्य प्रतिलिटर ७६ रुपैयाँमा बिक्री गर्दै आएको थियो ।

डीडीसीका अनुसार प्रतिलिटर ९ रुपैयाँ बढाउँदा काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा दूधको प्रतिलिटर मूल्य ८५ रुपैयाँ पुगेको छ । यसैगरी, बुटवल र भैरहवामा एक लिटरको मूल्य ८१ र नेपालगन्ज र धनगढी क्षेत्रमा प्रतिलिटर मूल्य ७९ रुपैयाँ कायम भएको छ ।

मन्त्रिपरिषद्को बैठकले किसानले पाउने दूधको प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वृद्धि गरी ५६ रुपैयाँ चार पैसा पु¥याउने निर्णय गरेको थियो ।

 

images
प्रकाशित मिति :माघ २८, २०७८ शुक्रवार - ०९:२३:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology