Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आज पनि बालवालिकालाई भिटामिन ए र बालविटा खुवाइदै 

आज पनि बालवालिकालाई भिटामिन ए र बालविटा खुवाइदै 

इच्छाकामना न्युज

१२, मंसिर २०७७
आज पनि बालवालिकालाई भिटामिन ए र बालविटा खुवाइदै 
images

चितवन, १२ मंसिर । आज पनि बालवालिकालाई भिटामिन ए रबालविटा खुवाइदैछ। नेपाल सरकारले राष्ट्रिय रूपमा ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क भिटामिन ए र जुकाका औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ। 
वर्षको दुईपटक सामान्यतः कात्तिक र वैशाखको पहिलो हप्ता भिटामिन ए र जुकाका औषधि निःशुल्क वितरण गर्ने गरिन्छ। यसपटक भने कोभिड– १९ महामारी, दसैं, तिहार र छठ पर्वले चालु आर्थिक वर्षको प्रथम चरणका हिजो र आज देशैभर महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीबाट भिटामिन ए र जुकाका औषधि निःशुल्क वितरण गरिरहेका छन्।  
राष्ट्रिय कार्यक्रम अन्तर्गत वितरण गरिने भिटामिन ए ले रोगप्रतिरोधी शक्ति बढाउन र श्वासप्रश्वास रोग रोकथाम गर्न पनि सहयोग गर्छ।  ६ महिनादेखि १२ महिना उमेर समूहका लागि आधा क्याप्सुल र १२ महिनादेखि ५ वर्षसम्मकालाई एक क्याप्सुल  भिटामिन ‘ए’ वितरण गरिन्छ। 
त्यस्तै १२ महिनादेखि २ वर्षसम्म आधा ट्याब्लेट  र २ वर्षदेखि ५ वर्षसम्म उमेर समूहकालाई एक ट्याब्लेट जुकाविरुद्धका औषधि अल्वेन्डाजोल वितरण गरिन्छ। त्यसैगरी ६ महिनादेखि २ वर्ष उमेर समूहका बालबालिकालाई बहुसूक्ष्म पोषकतत्वको मिश्रण बालभिटा पनि वितरण गरिन्छ।

images
images

images
प्रकाशित मिति :मंसिर १२, २०७७ शुक्रवार - ०९:२३:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology