Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कोरोना कहरकै बिच क्षमता विस्तार गर्दै चितवनको डल्फिन फनपार्क एण्ड रिसोर्ट

कोरोना कहरकै बिच क्षमता विस्तार गर्दै चितवनको डल्फिन फनपार्क एण्ड रिसोर्ट

images

इच्छाकामना न्युज

२७, माघ २०७८
कोरोना कहरकै बिच क्षमता विस्तार गर्दै चितवनको डल्फिन फनपार्क एण्ड रिसोर्ट
images

भरतपुर, २७ माघ । भरतपुर महानगर–९ मा रहेको डल्फिन फनपार्क एण्ड रिसोर्टले क्षमता विस्तार गरेको छ । चितवनकै पहिलो फनपार्क पुजा फनपार्कलाई परिवर्तन गरेर केही सेवा थप गरिएको छ । २०७३ सालमा खुलेको पुजा फनपार्कलाई २०७७ मंसीरदेखि डल्फिन फनपार्क एण्ड रिसोर्टका रुपमा चलाइएको हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनकै बेला डल्फिन फनपार्कको सेवा विस्तार थालिएको हो ।

फनपार्क एण्ड रिसोर्टका प्रोपाइटर सन्तलाल गुरुङले साढे ३ करोड लगानी गरिएको बताउनुभयो । “अहिले केही नयाँ पूर्वाधारहरु थपेका छौँ, स्वरुपनै बदलिएको छ”, उहाँले भन्नुभयो, “आकर्षक गन्तव्य बनाउने प्रयास गरेका छौँ ।” उहाँका अनुसार खेलमैदानदेखि उत्सव मनाउने ठाउँका रुपमा विकास गरिएको छ । रेल, हेलिकोप्टर, रोटे पीङ, चिप्लेटी, झुला लगायतका खेलहरु बालबालिकाले खेल्न पाउनेछन् । चराचुरुङ, जनावरहरु हेर्नका लागि मिनि जु पनि राखिएको छ । फोटो तथा भिडियो खिच्नका लागि आकर्षक ठाउँहरु बनाइएको छ । डल्फिन टनेल, टिकटक जोन, परि फुलाई, फोटो जोन, ग्रीन जोनहरु बनाइएको छ ।

dolphin4 (1).jpg

शान्त वातावरणमा बस्न चाहनेका लागि कंक्रिट कुर्चिहरु राखिएका छन् । बालबालिका, महिला तथा पुरुषका लागि छुट्टाछुट्टै स्वीमिङ पुलहरु छन् । कार्यक्रम, गोष्ठी, सेमिनार तथा तालिम गर्न मिल्ने २ सय जना क्षमताको सुविधासम्पन्न सेमिनार हल छ । बैवाहिक कार्यक्रमका लागि विवाहमण्डप पनि बनाइएको छ । खाजा, खानाका लागि २ वटा रेष्टुरेण्टहरु छन् । जहाँ पचास–पचास जना एकैसाथ बस्न मिल्नेछ ।

dolphin3 (1).jpg

कोरोनाको बढ्दो संक्रमण रोकथाम गर्न बढी भीडभाड हुने क्षेत्रका रुपमा फनर्पाक लगायतका केही सेवा तथा व्यवसाय सञ्चालनमा रोक लगाइएको छ । प्रोपाइटर गुरुङले फागुनदेखि सञ्चालनको अनुमति दिएमा सबै सेवा सुचारु गरिने बताउनुभयो । भरतपुरको हाकिचोकदेखि करिब ५ सय मिटर क्यान्सर जाने सडक छेउमै रहेको छ । अहिले फनपार्क तथा रिसोर्टमा सरसफाई, मर्मतसम्भार तथा सजावटका काम भैरहेका छन् । फनपार्कभित्रको रिसोर्ट वैवाहिक कार्यक्रमका लागि बुकिङ हुदै आएको छ । 

images
प्रकाशित मिति :माघ २७, २०७८ बिहिवार - २१:०८:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology