Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नयाँ वर्ष मनाउँदै शौका समुदाय

नयाँ वर्ष मनाउँदै शौका समुदाय

images

न्युज कारखाना

२७, माघ २०७८
नयाँ वर्ष मनाउँदै शौका समुदाय
images

बिरादत्त भट्ट, दार्चुला, २७ माघ । दार्चुलामा मात्रै बसोबास रहेको शौका समुदायले बिहीबार नयाँ वर्ष मनाउँदैछ छ  । ब्यास गाउँपालिका-१ छाङरुको शौका समुदायले आज गबला पर्व मनाइरहेको व्यास गाउँपालिका-१ का वडाध्यक्ष अशोक सिंह बोहराले बताए । शौका समुदायले नयाँ वर्ष आवागमनको रूपमा गबला पर्व मनाउने गरेको छ । 

दार्चुलाको व्यास गाउँपालिका-१ तिंकर र छाङ रु, वडा नम्बर-२ को पार्ला, दुम्लीङ तथा अपी हिमाल गाउँपालिका-६ सीतोलामा शौका समुदायले बसोबास गर्छन् । सासंकृतिक रूपमा धनी शौका समुदायको छुटै बोली र भेसभुसा रहेको छ । 

गबला पर्व मनाएपश्चात् मात्रै विवाह, व्रतबन्ध जस्ता शुभकार्य गर्ने परम्परा रहेको छ । गबला पर्व मनाउनु पूर्व साइत जुराएर 'धच्र्यु चुमो' गर्ने परम्परा रहेको छ । शौका समुदायको भाषामा धच्र्यू चुमो भनेको बाँसको लिंगोमा ध्वाजा लगाएर घरघरमा ठड्याउने गरिन्छ ।

gabala.jpg.jpg

शौका समुदायभित्र पनि अन्य शौका समुदायले फरक–फरक तिथिमा गबला पर्व मनाउने गरेका छन् । गबला पर्व मनाउने तिथि अनुसार शौका समुदायले आफ्नो नयाँ वर्ष मनाउँछन् । छाङरुमा रहेको शौका समुदायले माघ शुक्ल नवमी तिथि तिंकरमा रहेको शौका समुदायले पुस पूर्णिमा तिथि र सितो लामा रहेको शौका समुदायले माघ शुक्ल पञ्चमीका दिन गबला पर्व मनाउने गरेको वडाध्यक्ष बोहराले बताए ।

शौका समुदायको भेसभुसा, खानपिन, रहनसहन, धार्मिक संस्कार भने एउटै छ । गबला पर्वमा यी तीनवटै समुदायले प्राकृतिक देवताको पूजा गर्छन् ।

 

images
प्रकाशित मिति :माघ २७, २०७८ बिहिवार - २०:५७:०५ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology