Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुगुका सांसद बानियाँविरुद्धकाे बलात्कार मुद्दा दर्ता

मुगुका सांसद बानियाँविरुद्धकाे बलात्कार मुद्दा दर्ता

इच्छाकामना न्युज

२७, माघ २०७८
मुगुका सांसद बानियाँविरुद्धकाे बलात्कार मुद्दा दर्ता
images

जुम्ला, २७ माघ । जिल्ला प्रहरी कार्यालय बाँकेले मुगुका सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्धा दर्ता गरेकाे छ । जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नं. ३७२ मा दर्ता भएको छ । 

images
images

महिलाले बानियाँले ऋण फिर्ता गर्छु भनेर नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन । यसअघि जिल्ला प्रहरी कार्यालय बाँकेले वहालवाला सांसदको हकमा सभामुखबाट अनुमति लिनुपर्ने भन्दै मुद्दा दर्ता गर्न मानेको थिएन । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले सांसद बानियाँविरुद्ध मुद्दा दर्ता भएको बताए । उनले भने, ‘सांसद विरुद्धको मुद्दा दर्ता भइसक्यो । अब अनुसन्धान अघि बढ्छ ।’

images
प्रकाशित मिति :माघ २७, २०७८ बिहिवार - १९:५६:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology