Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सोलुखुम्बुमा परम्परागत परालको गुन्द्री बुन्ने चलन हराउँदै 

सोलुखुम्बुमा परम्परागत परालको गुन्द्री बुन्ने चलन हराउँदै 

सिआईएन

२७, माघ २०७८
सोलुखुम्बुमा परम्परागत परालको गुन्द्री बुन्ने चलन हराउँदै 
images

सुबास दर्नाल, सोलुखुम्बु, २७ माघ । बजारमा सजिलै पाइने प्लास्टिकका गुन्द्री र म्याटको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । गाउँघरमा केहीले आफूलाई आवश्यक पर्ने गुन्द्री मात्र बुन्दै आएका छन् । 

images
images

पुस माघको पारिलोमा घामसँगै घरको आँगनमा गुन्द्रीका तान तन्काएर गुन्द्री बुन्न महिलाहरुलाई भ्याई नभ्याइ भएपनि केही वर्षदेखि गुन्द्री बुन्ने चलन हराउँदै गएकोमाप्यदुधकोशी गाउँपालिका सोलुखुम्बुका निरकुमारी राईले बताउनुभयो ।

पछिल्लो समय परालको गुन्द्रीको सट्टामा प्लास्टिकजन्य गुन्द्रीको प्रयोग बढ्न थालेकाले पनि गुन्द्री बुन्ने चलन हराउँदै गएको हो । तर प्लास्टिकजन्य गुन्द्री भन्दा गाउँघरमा पाईने परालको गुन्द्री हरेक हिसाबले राम्रो हुने महाकुलुङ गाउँपालिकाका भिमकुमार कुलुङले बताउनुभयो । गाउँघरमा प्लास्टिकजन्य गुन्द्रीको प्रयोगले परनिर्भर बनाउनुका साथै पुख्र्यौली सीप, हस्तान्तरण गर्ने सँस्कृतिमा पनि कमी आएको नेचासल्याण गाउँपालिका ५ का जयन्ती राईले बताउनुभयो ।

आधुनिकता र सजिलोको नाममा मौलिक सँस्कृतिजोडिएका परम्परागत गुन्द्री, थर्कटी र चकटी बुन्ने र प्रयोग गर्ने चलन हराउँदै गएको छ । यसको संरक्षण र व्यवसायिकरणमा स्थानीय सरकारले चासो दिनुपर्ने नागरिकहरु बताउँछन् ।

 

images
प्रकाशित मिति :माघ २७, २०७८ बिहिवार - ०९:०१:२९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology