Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

क्रिप्टोकरेन्सी कारोवारमा संलग्न नहुन राष्ट्र बैङ्कको अनुरोध 

क्रिप्टोकरेन्सी कारोवारमा संलग्न नहुन राष्ट्र बैङ्कको अनुरोध 

images

सिआईएन

२७, माघ २०७८
क्रिप्टोकरेन्सी कारोवारमा संलग्न नहुन राष्ट्र बैङ्कको अनुरोध 
images

सजना तिमल्सिना, काठमाडौँ, २७ माघ । क्रिप्टोकरेन्सी कारोवारमा संलग्न नहुन राष्ट्र बैङ्कले सबैलाई अनुरोध गरेको छ । नेपाली अर्थबजारमा पछिल्लो समय क्रिप्टो करेन्सी कारोवारमा संलग्न हुनेको सङ्ख्या बढ्न थालेपछि यस्तो अनुरोध गरिएको हो । भर्चुअल मुद्रा अर्थात अनलाइनबाट अनलाइनमा नै जोडिने र कारोबार गर्न नेपालमा रोक लगाइएको छ । 

क्रिप्टोकरेन्सी अनलाइन मुद्रा भएपनि यसलाई हामीले चलाउदै आएको पैसा जस्तो भौतिक रुपमा छुन वा कारोबार नमिल्ने भएकाले यसबाट ठगिन सक्ने भन्दै राष्ट्र बैङ्कले यसको कारोबारलाई रोक लगाएको छ ।  राष्ट्र बैंकले जारी गरेको मुद्रा विश्वका जुनसुकै स्थानमा चल्ने यसमा कुनै प्रकारको क्षति भए राष्ट्र बैङ्कले भरपाई गरेपनि क्रिप्टोकरेन्सीमा पारदर्शिता नेखिएको र रकम मात्रै बढिरहेको पाइएपछि यसलाइ नेपालमा खुल्ला नगरिएको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलले बताउनुभयो । 

क्रिप्टोकरेन्सीलाई साल्भाडोर र पेरुले कानुनी रुपमा नै मान्यता दिएका छन् भने अमेरिका, जापान, क्यानडा जस्ता देशले यसको माध्यमबाट कारोबार गरिरहेका छन् । भारतले पनि केही दिन अघि यसलाई खुल्ला गरेको छ । नेपालमा भने यो मुद्रालाई खुल्ला गर्ने नगर्ने बारेमा अझै बहस चलिरहेको छ । पर्याप्त जानकारी र कानून बिना यसको प्रयोग गर्न नहुने पूर्व अर्थसचिव रामेश्वर खनालले बताउनुभयो । 

१२ वर्ष पहिले जापानबाट सुरु भएको क्रिप्टोकरेन्सी अनलाइनको माध्यमबाट हुने रकमको कारोबार हो, जुन यसैसँग सम्बन्धित केही प्राबिधक शब्दहरूको प्रयोग गरेर चलाउन सकिन्छ । विश्व डिजिटल प्रविधि तर्फ उन्मुख रहेका अवस्थामा डिजिटल रूपैंयालाई मान्यता दिनुपर्ने वा दिन नहुने बारेमा नेपालमा मात्रै नभइ विश्वका धेरै मुलकमा  बहस जारी नै छ ।  

images
प्रकाशित मिति :माघ २७, २०७८ बिहिवार - ०८:५९:०० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology