Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कमल थापाको बर्हिगमनसँगै राप्रपा फेरि विभाजनको सङ्घारमा, पदाधिकारी बैठक बस्दै 

कमल थापाको बर्हिगमनसँगै राप्रपा फेरि विभाजनको सङ्घारमा, पदाधिकारी बैठक बस्दै 

images

इच्छाकामना न्युज

२७, माघ २०७८
कमल थापाको बर्हिगमनसँगै राप्रपा फेरि विभाजनको सङ्घारमा, पदाधिकारी बैठक बस्दै 
images

उषा तामाङ, काठमाडौँ, २७ माघ । कमल थापाको बर्हिगमनसँगै राप्रपा फेरि एक पटक विभाजनको सङ्घारमा पुगेको छ । २०४७ सालमा गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा हालसम्म राप्रपामा ६ पटक भन्दा धेरै औपचारिक रुपमै विभाजन भएको छ । 

मंसिरमा सम्पन्न एकतामहाधिवेशनमा पराजित भएपछि पुर्वराजा ज्ञानेन्द्र शाहसँग असन्तुष्ट बन्नुभएका पुर्वअध्यक्ष थापाले मङ्गलवार पार्टी छोड्ने घोषणा गर्दै सक्रिय राजतन्त्रको एजेण्डा समेत छोडेको बताउनुभएको थियो । राप्रपाले थापाको निर्णय दुःखद मान्दै पार्टीमा फर्कन आग्रह गरेको छ । 

पटकपटक फुटेर छिन्न भिन्न भएको कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशमशेर राणा तथा डा.प्रकाशचन्द्र लोहनीको नेतृत्वमा रहेको राप्रपा संयुक्तबीच २०७६ फागुन २८ मा भएको एकिकरण समाहरोहमा थापाले गीताको पुस्तक छोएर पार्टी नफुटाउने कसम खानुभएको थियो । थापाले पार्टी छोडेपछि कार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको अवस्थामा राप्रपा अहिले आन्तरिक उल्झनमा परेको छ ।  

विश्लेषक विश्वकान्त मैनालीले नेपाल जस्तो मुलुकमा पार्टी विभाजन भइरहनु दुःखद भएको बताउनुभयो । पछिल्लो पटक कमल थापाले गर्नुभएको निर्णयले राप्रपा र स्वयम थापालाई नै असर गर्ने उहाँको भनाइ छ ।  

यसैबीच पार्टी भित्र देखिएको समस्या समाधानका लागि आज पदाधिकारी बैठक बस्दैछ । धूम्बाराहीस्थित केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने बैठकमा पार्र्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुटको अन्त्य, पार्टीलाई सम्भावित विभाजनबाट रोकेर आगामी निर्वाचनमा सफलता कायम गर्ने लगायतका विषयमा छलफल हुने जनाएको छ ।

images
प्रकाशित मिति :माघ २७, २०७८ बिहिवार - ०८:५७:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology