Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

स्थानीय तह निर्वाचनको मिति घोषणा भैसक्दा पनि चितवन कांग्रेसको अधिवेशनको मिति भने अझै अलमलमा

स्थानीय तह निर्वाचनको मिति घोषणा भैसक्दा पनि चितवन कांग्रेसको अधिवेशनको मिति भने अझै अलमलमा

images

इच्छाकामना न्युज

२६, माघ २०७८
स्थानीय तह निर्वाचनको मिति घोषणा भैसक्दा पनि चितवन कांग्रेसको अधिवेशनको मिति भने अझै अलमलमा
images

चितवन, २६ माघ । नेपाली कांग्रेस चितवनको नयाँ नेतृत्व चयनको कार्यमा अलमल भएको छ ।

कहिले कोरोनालाई कारण देखाउँदै त कहिले एमालेको केन्द्रीय महाधिवेशनको कारणले स्थगित भएको जिल्ला अधिवेशन अहिलेसम्म घोषणा हुन सकेको छैन । अब स्थानीय तहको निर्वाचन घोषणा भएको अवस्थामा छिट्टै नेतृत्व जसरी पनि छनोट गर्नुपर्ने बाध्यता रहेको कांग्रेस नेताहरुले बताएका छन् ।

कांग्रेस चितवनमा सभापति जितनारायण श्रेष्ठले भोलि बस्ने केन्द्रीय कार्यसम्पादनको बैठकले रोकिएका जिल्ला अधिवेशनहरुको छिनोफानो गर्ने नारायणी अनलाइनलाई बताए । नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले नयाँ नेतृत्व चयन नभए पनि पुरानै नेतृत्वले काम गरिरहेको विचार राखे । उनले भने, ‘नेपाली कांग्रेसले मातहतका निकायलाई स्थानीय तहको निर्वाचनमा जुट्न निर्देशन दिएको छ । हामीले सोही अनुसार पार्टीका गतिविधिलाई सञ्चालन गरिरहेका छौं ।

सुरुमा मंसिर ९ गते उम्मेदवारी मनोनयन र १० गते मतदान तोकिएको थियो । सो मिति पछि एक दिन पर सारिएको थियो ।

१० गतेलाई तय भएको मनोनयन दर्ता र ११ गते मतदान गर्न पनि यातायात र आवास व्यवस्थापन गर्न कठिनाइ हुने भन्दै एमाले अधिवेशनको कारणले सारियो । कांग्रेस चितवनले प्रदेश अधिवेशनपछि जिल्ला अधिवेशन गर्ने भनेर मिति पनि तोक्यो तर कोरोनाको अर्काे लहरको कारणले हुन सकेन । चितवनमा जिल्ला अधिवेशनभन्दा तलका सबै इकाइका अधिवेशन र महाधिवेशन प्रतिनिधि छनोट गर्ने कार्यक्रम सकिएको छ ।

सचिवका आकांक्षी दवाडी भन्छन् सारै पीडा भयो

नेपाली कांग्रेस चितवनको सचिव पदका आकांक्षी भरतप्रसाद दवाडीले अधिवेशन पटकपटक सर्दा साह्रै पीडा हुने नारायणी अनलाइनलाई बताए । उनले भने, ‘मेरो काम त जनताको सेवा नै हो तर पनि जनताको माझमा जाँदा अधिवेशन त गर्न सकेको छैन भन्ने जस्तो अनुभव हुँदो रहेछ । चार पाँचचोटी सरिसक्यो । क्यालेन्डर अनुसार गर्न नसक्नु सारै बेथिति नै हो ।’ नारायणी अनलाईनबाट

 

images
प्रकाशित मिति :माघ २६, २०७८ बुधवार - १९:२६:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology