Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भरतपुरका सडकमा रहेका ड्रममा ट्राफिक सचेतना स्टिकर लगाउदै सेन्ट्रल कलेज

भरतपुरका सडकमा रहेका ड्रममा ट्राफिक सचेतना स्टिकर लगाउदै सेन्ट्रल कलेज

images

इच्छाकामना न्युज

२६, माघ २०७८
भरतपुरका सडकमा रहेका ड्रममा ट्राफिक सचेतना स्टिकर लगाउदै सेन्ट्रल कलेज
images

चितवन, २६ माघ । सेन्ट्रल कलेजले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा भरतपुरका सडकहरुमा ट्राफिक सचेतना लेखिएका ड्रममा नयाँ स्टिकर टाँसेको छ ।

आज बुधबार भरतपुरको क्याम्सप गेटमा भएका ड्रममा नयाँ स्टिकर टाँसेर कार्यक्रमको सुरुवात गरिएको हो । एक हप्ताभित्रमा भरतपुरको रिङ्गरोडका मुख्य क्षेत्रमा रहेका ५० वटाभन्दा बढी ड्रममा नयाँ स्टिकर राखिने र केही स्थानमा थप गरिने कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल ‘वाइबी’ ले जानकारी दिए । सबै ड्रमहरु सेन्ट्रल कलेजले नै सहयोग गरेको हो। अहिले उक्त ड्रममा भएको स्टिकर फेर्ने काम गरिएको पौडेलले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाले दुर्घटना नियन्त्रणका लागि यस्ता किसिमका सचेतनाका बोर्डहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए । ट्राफिक प्रहरीहरु सबै ठाउँमा २४ सै घण्टा खट्न नसक्ने बताउँदै उनले यस्ता बोर्डले २४ सै घण्टा ट्राफिक सम्बन्धि सचेतना दिइरहने बताए ।

उनले ट्राफिक प्रहरी एक्लैको प्रयासले दुर्घटना नियन्त्रण र ट्राफिक व्यवस्थापन गर्न नसकिने भएकाले निजी क्षेत्रको पनि सहयोग आवश्यक रहेको बताए । त्यसैअनुरुप सहयोग गरेकोमा सेन्ट्रल कलेजप्रति ट्राफिक प्रमुख थापाले आभार प्रकट गरे ।

उच्च शिक्षा अध्ययनका लागि अस्टे«लिया,जापान,अमेरिका,क्यानडा लगायतका देशमा जान चाहने विद्यार्थीहरुका लागि भाषागत कक्षाहरु सञ्चालन गर्दै आएको कलेजले सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । कलेजले खेलकुद,स्वास्थ्य शिक्षा लगायतका कामहरुमा विभिन्न निकायसंग सहकार्य गर्दै आइरहेको छ ।

images
प्रकाशित मिति :माघ २६, २०७८ बुधवार - १९:२२:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology